CTEVT बाट विभिन्न पाठ्यक्रम लिइ आफुलाई शिपमुलक बनाउनुहोस् र विभिन्न रोजगारीका अवसरका लागि आफुलाई सक्षम बनाउनुहोस् ।CTEVT बाट खुलाइएको प्रि–डिप्लोमा तह साथै डिप्लोमा तथा प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क इसेवाबाट अनलाइन बुझाउनुहोस् । आवेदन फारम भर्नु भएको छैन भने आजै भर्नुहोस् । फारम भर्ने अन्तिम मिति असोज २९ , २०७७ सम्म । फारम भरी शुल्क बुझाउनका लागि निम्न प्रक्रिया अप्नाउनुहोस्:१) सर्वप्रथम ctevt.org.npमा जानुहोस् ।२) यहाँ Quick links - Online form for classified scholarship भन्नेमा क्लिक गर्नुहोस् ।अथवा१) https://scholarship.ctevt.org.npमा जानुहोस् ।२) आफुले कुनको लागि आवेदन फारम भर्दै हुनुहुन्छ Diploma/ PCL - Classified (डिप्लोमा तथा प्रमाणपत्र तहआवेदन फारम, दस्तुर रु. ६००) वाPre-Diploma (TSLC) – Classified (प्रि–डिप्लोमा तहआवेदन फारम, दस्तुर रु. ३००) छान्नुहोस् ।र New User मा क्लिक गर्नुहोस् ।३) अब परिक्षार्थीको नाम, थर र मोबाईल नम्बर भर्नुहोस् र Proceed to Payment मा क्लिक गर्नुहोस् ।४) Pay now मा क्लिक गर्नुहोस् र इसेवा छान्नुहोस् र Proceed मा क्लिक गर्नुहोस् ।इसेवा ID र वेब पास्वोर्ड भरी लग इन गर्नुहोस् र Continue payment मा क्लिक गरी, Confirm मा क्लिक गर्नुहोस् ।यति गरे पछि भुक्तानी हुनेछ र तपाईंले "Congratulations! Your payment has been verified and you have successfully logged in!" भनेर मेसेज प्राप्त गर्नुहुनेछ ।५) यति गरेपछि CTEVT मा लग इन गर्नका लागि नयाँ पास्वोर्ड बनाउनुहोस् ।यति गरे पछि लग इन हुनुहुनेछ । अब आवेदन फारम ३ भागमा विभाजित गरिएको छ । १. व्यक्तिगत विवरण २. आवेदन विवरण ३. इच्क्षाइएको शिक्षालयको विवरण ।
१. व्यक्तिगत विवरण
- अब आफ्नो व्यक्तिगत विवरण (पुरा नाम थर, लिंग, जन्म मिति, बुवा/आमाको नाम, आफ्नो सम्पर्क नम्बर, इमेल, धर्म, र जाति) भर्नुहोस् ।- आफ्नो फोटो (JPEG मात्रै, ३५ mm x ४५ mm को र ८ KB भन्दा नघटाइ र ५० KB भन्दा बढी नभइ राख्नुहोस् । साथै आफ्नो हस्ताक्षर स्क्यान गरी (JPEG मात्रै र ३ KB भन्दा नघटाइ र २० KB भन्दा बढी नभइ राख्नुहोस् ।- अब आफ्नो स्थायी र आस्थायी ठेगाना भर्नुहोस् । प्रदेश, जिल्ला, नगरपालिका वा गाउँपालिका, टोल, र वडा नं भर्नुहोस् र Continue मा क्लिक गर्नुहोस् ।
२. आवेदन विवरण
- अब वर्गिगित कोटामा फारम भर्दै हुनुहुन्छ भने लक्षित वर्ग समुहमाआफुलाई मिल्ने विकल्प छानी सोही अनुरुप कागजपत्र राख्नुहोस् । सो कागजपत्र भने (JPEG मात्रै र 80 KB भन्दा नघटाइ र 300KB भन्दा बढी नभइ) राख्नुहोस् ।- अब अन्य कागजपत्र जस्तै नागरिता, नाबालिक वा जन्मदर्ता प्रमाणपत्र र नेपालको सामुदायिक/ सरकारी विद्यालयबाट अध्ययन गरेको सिफारिस पत्र (JPEG मात्रै र 80 KB भन्दा नघटाइ र 300KB भन्दा बढी नभइ) राख्नुहोस् ।- अब शैक्षिक विवरण भर्नुहोस् । SEE/SLC वा Pre- Diploma (TSLC) बाट एउटा आफुलाई उपयुक्त अप्सन छानी विवरण भर्नुहोस् । - यहाँ विद्यालयको नाम, ठेगाना, प्रकारमा सरकारी Community छानी, कहिले पास गर्नु भएको मिति, सिम्बोल नं, डिभिजनमा New Grading System छानी, सो पढाइमा प्राप्त गर्नु भएको GPA वा SLC % साथै कक्षा ८ को GPA वा % राखी, SEE वा SLC Gradesheet वा Marksheet र Character certificate को फोटो राख्नुहोस् । साथै कक्षा ८ को Marksheet वा Gradesheet को फोटो राख्नुहोस् ।फोटो JPEG मात्रै र 80 KB भन्दा नघटाइ र 300KB भन्दा बढी नभइ राख्नुहोस् ।अब Continue मा थिच्नुहोस् ।
३.इच्क्षाइएको शिक्षालयको विवरण
-अब अध्ययन गर्ने कार्यक्रम र शिक्षालयको प्राथमिकिकरणको विवरण भर्नुहोस् ।- अध्ययन गर्न चाहेको प्रदेश, अध्ययन गर्न चाहेको कार्यक्रम र शिक्षालयको प्राथमिकिकरण गर्नुहोस् र Continue मा थिच्नुहोस् । - अब सबै विवरण सही छ भन्ने यकिन गरी Submit मा थिच्नुहोस् र कबुलियतनामा पढी सही चिन्ह लगाइ Accept मा थिच्नुहोस् ।यति गरिसकेपछी तपाईंको फारम CTEVT मा जानेछ । अब आफ्नो Admit Card प्रिन्ट गर्नुहोस् । Admit Card भने भर्ना हुने समयमा आवश्यक छ ।के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_Appहाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।