Search

लघुवित्त संस्थाको भुक्तानी सजिलै इसेवाबाट गर्नुहोस्।

लघुवित्त संस्थाको भुक्तानी सजिलै इसेवाबाट गर्नुहोस्।
कोरोनाको कहर बढे सँगै हामी घर भित्रै रहदा सुरक्षित हुनेछौँ । यस समयमा प्रविधिको प्रयोग बढ्दो क्रममा छ । अहिले सबै जसो काम आफ्नो मोबाईलबाटै गर्न सकिन्छ । इसेवा ग्रहकहरुले घरमै रही सबै काम मोबाईलबाटै गर्न सक्नु हुनेछ र अब भने लघुवित्त संस्थाको भुक्तानी पनि इसेवाबाट नै गर्न सक्नु हुनेछ । ७० भन्दा बढी लघुवित्त संस्था नेपालमा दर्ता भएका छन् र क्रमश रुपमा इसेवामा आवद्ध हुने क्रममा छन् । हाल उपलब्ध लघुवित्त संस्थाको भुक्तानी भने सरल रुपमा इसेवाबाट निम्न लिखित प्रक्रियाबाट गर्न सक्नु हुनेछ । वेब बाट: . इसेवामा लग इन गर्नुहोस् . "Financial Services" मा जानुहोस् . दायाँ कुनामा "Micro Finance" मा जानुहोस् . यहाँ इसेवामा आवद्ध लघुवित्त संस्था देख्नु हुनेछ । अब आफ्नो लघुवित्त संस्था छान्नुहोस् . तपाईंको विवरण जस्तै नाम, बुवाको नाम, शाखा, मेम्बर कोड, मोबाईल नम्बर र रकम दाखिला गरी Proceed मा क्लिक गर्नुहोस् यति गरे पछि तपाईंको भुक्तानी सफल हुनेछ ।   एप बाट: . इसेवामा लग इन गर्नुहोस् . "Financial Services" मा जानुहोस् . "Micro Finance" मा जानुहोस् ४. यहाँ इसेवामा आवद्ध लघुवित्त संस्था देख्नु हुनेछ । अब आफ्नो लघुवित्त संस्था छान्नुहोस् ५. तपाईंको विवरण जस्तै नाम, बुवाको नाम, शाखा, मेम्बर कोड, मोबाईल नम्बर र रकम दाखिला गरी Proceed मा क्लिक गर्नुहोस् यसरी इसेवाको मोबाईल एप वा वेब लग इन बाट सजिलै आफ्नो लघुवित्त संस्थाको भुक्तानी गर्नुहोस् ।   हामीसँग आवद्ध लघुवित्त संस्थाहरु : १. छिमेक लघुवित्त वित्तिय संस्था लि. २. ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था लि. ३. जीवन विकास लघुवित्त वित्तिय संस्था ४. किसान लघुवित्त वित्तिय संस्था लि. ५. लक्ष्मी लघुवित्त वित्तिय संस्था लि. ६. बिजया लघुवित्त वित्तिय संस्था ७. सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि. ८. साधना लघुवित्त वित्तिय संस्था लि. ९. निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि. १०. गणपति लघुवित्त वित्तिय संस्था लि. ११. एन आई सि एशिया लघुवित्त वित्तिय संस्था लि. १२. सबैको लघुवित्त वित्तिय संस्था लि. १३. स्वरोजगार लघुवित्त वित्तिय संस्था लि. १४. सिभिल लघुवित्त वित्तिय संस्था लि. १५. फर्वार्ड लघुवित्त वित्तिय संस्था लि. १६. नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि. १७. नेरुडे लघुवित्त वित्तिय संस्था लि. १८. जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लि. १९. नयाँ सरथी लघुवित्त वित्तिय संस्था लि. २०. मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लि. २१. महिला लघुवित्त वित्तिय संस्था लि.