Search

Account Link गरी सजिलै इसेवा लोड गर्नुहोस्

  • 134 Likes
Account Link गरी सजिलै इसेवा लोड गर्नुहोस्

(२००९) स्थापना काल देखि नै सदाबाहार ग्राहकहरुको सेवामा समर्पित इसेवामा विभिन्न सेवाहरु क्रमश रुपमा थपिने क्रममा छन् ।  प्रविधिको प्रगति भए सँगै सोही अनुकुलतामा ढल्किने क्रममा इसेवामा पनि विभिन्न सेवाहरु थपिएका छन् जसले गर्दा सेवाग्राहीहरुको समय सँगै अनावश्यक खर्चको पनि बचत भएको छ ।  

इसेवा प्रयोगकर्ताले इसेवामा मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, काउन्टर डिपोजिट साथै Cash Point बाट रकम राख्न सक्नु हुनेछ ।  मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले भने अब इसेवामा रकम राख्न मोबाईल बैंकिङ्ग लग इन पोर्टल खोलिराख्नु पर्ने छैन ।  एक पटक बैंक खाता लिंक गरी सजिलै इसेवामा रकम राख्न सक्नु हुनेछ ।  

बैंक तथा वित्तिय संस्थाको खाता लिंक गर्नका लागि निम्न प्रक्रिया अप्नाउनुहोस् ।

१. इसेवामा लग इन गरी होमपेजमा भएको Load Money अप्सनमा जानुहोस्

२. लिंक बैंक अकाउन्टमा क्लिक गर्नुहोस्

३. मोबाईल बैंकिङ्ग लिनु भएको बैंक तथा वित्तिय संस्था छनौट गर्नुहोस्

४. अब आफ्नो बैंक तथा वित्तिय संस्थाको खाता नम्बर राख्नुहोस्

५. यहाँ खुलेको मोबाईल बैंकिङ्ग लग इन पोर्टलमा आफ्नो मोबाईल नम्बर र पासवर्ड राख्नुहोस् र Login मा क्लिक गर्नुहोस्

६. यस पश्चात मोबाईल मेसेजमा पठाइएको OTP राखी Pay मा क्लिक गर्नुहोस्

यति गरेपछि तपाईंको खाता इसेवामा लिंक हुनेछ ।

 

अब लिंक भएको बैंक तथा वित्तिय संस्थाको खाताबाट रकम जम्मा गर्नका लागि निम्न प्रक्रिया पूरा गर्नुहोस् ।

१. इसेवाको होमपेजमा Load Money अप्सनमा जानुहोस्

२. आफुले लिंक गराउनु भएको बैंक खातामा Load मा क्लिक गर्नुहोस्

३. अब इसेवामा राख्ने रकम र रकम राख्नुको उद्देश्य भरी Proceed मा क्लिक गर्नुहोस्

४. यहाँ राख्नु भएको विवरण सही छ भने जाँच गरी Load fund मा क्लिक गरी MPIN/Fingerprint राख्नुहोस्

यति गरे पछि तपाईंको इसेवा खातामा तुरुन्तै रकम जम्मा हुनेछ । 

Transaction limitations

प्रति कारोबार  रु २५,००० 
प्रति दिन रु १ लाख वा १० पटक सम्म 
प्रति महिना रु ५ लाख वा १०० पटक सम्म 

 

नोट: यो सेवा उपयोग गर्नका लागि इसेवा खाता भेरीफाइड हुनु जरुरी छ । इसेवामा भएको मोबाईल नम्बर र मोबाईल बैंकिङ्गका लागि राखिएको मोबाईल नम्बर एउटै हुनु पर्ने हुन्छ । मोबाईल नम्बर भिन्दा भिन्दै छ भने इसेवामा त्यो नम्बर Secondary ID का रुपमा राख्न सक्नु हुनेछ । 

निम्न उल्लेखित बैंक तथा वित्तिय संस्था हाल इसेवामा खाता लिंक गर्न उपलब्ध छन् ।

क (कमर्सियल बैंक) Commercial Banks

1 GLOBAL IME BANK LTD.
2 NABIL BANK LTD.
3 RASTRIYA BANIJYA BANK LTD.
4 SIDDHARTHA BANK LTD.
5 PRABHU BANK LTD.
6 LAXMI SUNRISE BANK LTD.
7 NEPAL INVESTMENT MEGA BANK LTD.
8 CITIZENS BANK INTL. LTD
9 EVEREST BANK LTD.
10 MACHHAPUCHCHHRE BANK LTD.
11 NEPAL BANK LTD.

ख (विकास बैंक) Development Banks

1 KAMANA SEWA BIKAS BANK LTD.
2 GARIMA DEVELOPMENT BANK LTD.
3 JYOTI BIKAS BANK LTD.
4 SHINE RESUNGA DEVELOPMENT BANK LTD.
5 MAHALAXMI BIKAS BANK LTD.
6 SHANGRILA BIKAS BANK LTD.
7 MUKTINATH BIKAS BANK LTD.
8 EXCEL DEVELOPMENT BANK LTD.
9 SAPTAKOSHI DEVELOPMENT BANK LTD.
10 SINDHU BIKAS BANK LTD.
11 KARNALI DEVELOPMENT BANK LTD.
12 GREEN DEVELOPMENT BANK LTD.
13 MITERI DEVELOPMENT BANK LTD

ग ( फाइनान्स कम्पनी) Finance Company

1 MANJUSHREE FINANCE LTD.
2 SAMRIDDHI FINANCE COMPANY LIMITED
3 POKHARA FINANCE LTD.
4 ICFC FINANCE LTD.
5 PROGRESSIVE FINANCE LTD.
6 MULTIPURPOSE FINANCE LIMITED
7 GOODWILL FINANCE LTD.
8 RELIANCE FINANCE LTD.
9 CENTRAL FINANCE LTD.
10 GUHESWORI MERCHANT BANKING & FINANCE LTD
11 SHREE INVESTMENT AND FINANCE COMPANY LTD

थप जानकारी वा सहायताका लागि हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नु हुनेछ ।

- टोल फ्री नं: 1660-01-02121

- फेसबूक पेज 

 

https://www.youtube.com/watch?v=f4TUq8xcJPY


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।