एनआईसी एशिया बैंक र क्यापिटल डिम्याट खाताको शुल्क बुझाउने अब नयाँ तरिक: इसेवा । शुल्क बुझाउनका लागि आफ्नो इसेवा एपको Finance/ EMIमा थिची Finance लाई छान्नुहोस र NIC Asia Capital छनौट गरी आफ्नो विवरण भरी Proceed गर्नुहोस् ।
“एनआईसी एशिया बैंक र क्यापिटल डिम्याट खाता हुनेले इसेवाबाट शुल्क बुझाउन सकिने भएको छ। एनआईसी एशिया बैंक तथा क्यापिटलमा हितग्राही खाता खोली कारोबार गर्दै आइरहेका सेवाग्रहीले इसेवा मार्फत हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।
हाल एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड सञ्चालन गरिरहेको छ ।”
Source: merolagani