Search

उद्यमी महिलाहरुलाई व्यवसायमा QR भुक्तानी लिँदा बोनस

उद्यमी महिलाहरुलाई व्यवसायमा QR भुक्तानी लिँदा बोनस

विद्युतीय भुक्तानीमा महिला उद्यमीको सहभागिता

देशलाई डिजिटल बनाउने हाम्रो प्रतिबद्धता !

देशलाई डिजिटल बनाउने अभियानमा हामी सधैँ नै तत्पर छौँ। यही अभियानलाई निरन्तरता दिँदै आजबाट हामीले सुरुवात गर्दैछौँ "उद्यमी महिलाहरुलाई इसेवाको सम्मान !"

व्यवसायमा QR राखी रु १५० बोनस पाउनुहोस् ।देशभरका उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्ने र डिजिटल साक्षरता बढाउने उद्देश्य लिएर सुरुवात गरिएको यस योजनामा उद्यमी महिलाहरुले आफ्नो व्यवसायमा QR कोड राखि भुक्तानी  लिई सहभागिता जनाउन सक्नुहुनेछ। यसरी QR कोड राखि भुक्तानी लिन सुरुवात गरे बापत उद्यमी महिलाहरुले इसेवाको तर्फबाट रु १५० पाउनुहुनेछ। श्रावण र भाद्र महिनामा उद्यमी महिलाहरुलाई यस योजनामा सहभागी गराई उहाँहरुलाई वित्तीय कारोबार सम्बन्धि ज्ञान दिने लक्ष्य हामीले लिएका छौँ

यस योजनामा सहभागी भई उद्यमी महिलाहरुले के के फाइदा पाउन सक्नुहुनेछ ?

  • इसेवाको तर्फबाट रु १५० बोनस।
  • QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने विविध रोगबाट सुरक्षित भइने।
  • विद्युतीय कारोबार हुनाले छिटो अनि सुरक्षित हुने ।
  • खुद्रा पैसाको झन्झट नहुने।
  • नगद चोरी हुने, हराउने झन्झटबाट छुटकारा । 
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने । 
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफुले चाहेको खण्डमा जुन सुकै समयमा पनि रकम जम्मा गर्न सकिने । 
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने ।
  • फोनपे Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने । 
  • फोनपे संजालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुबाट सजिलै भुक्तानी लिन सकिने।

यस योजनामा सहभागी हुनका लागि आवश्यक मापदण्डहरु के के हुन ?

  • आफ्नै नाममा PAN दर्ता भएको महिला व्यवसायीहरुले यस योजनामा सजिलै सहभागी हुन सक्नुहुनेछ।
  • व्यवसायमा QR कोड राखे वापत व्यवसायीले रु ५० बोनस पाउनुहुनेछ साथै तीन वटा QR भुक्तानी लिए वापत थप रु १०० बोनस पाउनुहुनेछ। 
  • यो योजना श्रावण १२ देखि भाद्र ९ सम्म QR कोड लिई भुक्तानी लिनुहुने महिला उद्यमीहरुका लागि मात्र लागू हुनेछ ।

योजनामा सहभागी हुन के गर्नुपर्नेछ ?

QR Code सुविधा लिन यो फारम भर्नुहोस् वा हामीलाई हाम्रो इमेल qr@esewa.com.np अथवा हाम्रो सम्पर्क नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस्


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ। कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।