Search

इसेवामा रकम कसरी जम्मा गर्ने

इसेवामा रकम कसरी जम्मा गर्ने
इसेवा, नेपालको पहिलो डिजिटल खाता हो, जसबाट तपाईंले आफ्नो सम्पूर्ण दैनिक कारोबार गर्न सक्नुहुनेछ जस्तै मोबाईल टपअप, बिजुलिको महशुल भुक्तानी, खानेपनीको बिल भुक्तानीका साथै हवाइ टिकट, बस टिकट, फिल्म टिकट आदि पनि लिन सक्नुहुनेछ। यि कारोबार गर्नका लागि भने तपाईंको पहिला इसेवा खाता हुनु पर्ने हुन्छ। खाता बनाइसके पश्चात् भने इसेवामा रकम जम्मा गरी कारोबार गर्न सक्नुहुनेछ। रकम जम्मा गर्नका लागि हामी सँग हालका लागि ५ वटा माध्यमहरु छन्। १. मोबाईल बैंकिङ्ग २. ईन्टरनेट बैंकिङ्ग ३. Send money ४. कार्डबाट लाेड ५.काउन्टर डिपोजिट ६. Cash Point

१.   मोबाईल बैंकिङ्ग

मोबाईल बैंकिङ्ग भन्नाले बैंकबाट उपलब्ध गराईने सुविधा हो जसको प्रयोगबाट तपाईंले एउटा बैंक देखि अर्को बैंकमा सजिलै रकम ट्रान्स्फर गर्न सक्नुहुनेछ। यसै सँग तपाईंले इसेवामा पनि रकम जम्मा गर्न सक्नुहुनेछ। मोबाईल बैंकिङ्ग प्रयोग गरी इसेवा खातामा रकम जम्मा गर्नका लागि तल उल्लेखित प्रक्रियाबाट गर्न सक्नुहुनेछ: १.  बैंकको मोबाईल बैँकिङ्गमा आफ्नो mobile number र पासवर्ड राखी log-in गर्नुहोस् । २. eSewa लोगोमा click गर्नुहोस् ।(यदी होमस्क्रीनमा इसेवा को लोगो देख्नुभएन भने Payment सेक्सन भित्र हेर्नुहोस्) ३. eSewa खातामा जम्मा गर्ने रकम, eSewa ID र रकम लोड गर्नुको कारण तोकी अगाडी बढ्नुहोस् । ४. अब देखाइएको विवरण सही छ भने “Confirm”मा थिच्नुहोस् । ५. अन्त्यमा आफ्नो पिन नं दाखिला गरी eSewa खातामा रकम जम्मा गर्ने प्रक्रिया पुरा गर्नुहोस् । इसेवामा अावद्ध बैंकहरूकाे जानकारीका लागिः बैंकहरू

२.   ईन्टरनेट बैंकिङ्ग

मोबाईल बैंकिङ्ग जस्तै सुबिधा प्रदान गर्ने र इसेवा लोड गर्न मिल्ने अर्को प्रक्रिया भनेको ईन्टरनेट बैंकिङ्ग हो। मोबाईल बैंकिङ्गमा बैंकको मोबाईल एपको प्रयोग हुन्छ भने ईन्टरनेट बैंकिङ्गमा वेब ब्राउजरको प्रयोग हुन्छ। ईन्टरनेट बैंकिङ्ग प्रयोग गरी इसेवामा रकम जम्मा गर्नका लागि तल लेखिएको प्रक्रिया पूरा गर्नुहोस्। १. इसेवा लगिन गरी Load fund भन्ने अप्सनमा क्लिक गर्नुहोस्। २. ईन्टरनेट बैंकिङ्गमा गई, आफ्नो बैंक छन्नुहोस्। ३. अब खुलेको बैंकको पेजमा बैंकबाट प्रदान गरिएको username र password हाल्नुहोस्। ४. अब इसेवामा रकम जम्मा गर्नुहोस्। इसेवामा अावद्ध बैंकहरूकाे जानकारीका लागिः बैंकहरू

३. Send Money

अर्को प्रक्रिया जुनबाट इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ, त्यो हो Send Money। अफुलाई आवश्यक परेको बेलामा, आफ्नो साथीभाई,  नातेदारले इसेवा चलाउनु हुन्छ भने सजिलै इसेवामा रकम पठाउन सहयोग माग्न सक्नु हुनेछ। Send money प्रक्रिया पूरा गर्नका लागि भने पठाउने र पाउने व्यक्ती दुबैको इसेवा ID हुनु पर्ने हुन्छ। Send money गर्नका लागि: १. इसेवामा लागिन गर्नुहोस्। २. Fund Transfer अप्सनमा जानुहोस्। ३. Send money लाई छन्नुहोस्। ४. यहाँ, इसेवा ID, रकम र रकम पठाउनुको कारण खुलाउनुहोस्। ५. अब, सबै विवरण सही छ भने Proceed र Confirm थिच्नुहोस्। ६. तपाईंको कारोबार सफल भएको छ।

४. कार्डबाट लाेड

तपाईंले डेबिट वा क्रेडिट कार्ड प्रयाेग गरी पनि इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ। यसरी रकम जम्मा गर्नका लागिः १. इसेवा लगिन गरी Load fund भन्ने अप्सनमा क्लिक गर्नुहोस्। २. कार्ड अप्सनमा गई जम्मा गर्न खाेज्नुभएकाे रकम, र रकम जम्मा गर्नुको कारण खुलाउनुहोस्। ३. अब खुलेकाे पेजमा डेबिट वा क्रेडिट कार्डकाे कार्ड नम्बर, एक्सपाएरी मिती, कार्डवालाकाे नाम, CVV, र इमेल भरी "OK" मा थिच्नुहाेस् । ४. मेसेजमा पाउनुभएकाे OTP भरी रकम जम्मा गर्ने प्रक्रिया पूरा गर्नुहाेस्।

५. काउन्टर डिपोजिट :

काउन्टर डिपोजिट भन्नाले बैंकमा नै गएर इसेवामा रकम जम्मा गर्ने प्रक्रिया बुझिन्छ। हामी सँग काउन्टर डिपोजिटका लागि उपलब्ध बैंकहरुबाट तपाईंले इसेवामा रकम जम्मा गर्न सक्न्नु हुनेछ। बैंकमा उपस्थित हुँदा, त्यहाँ राखिएको इसेवा अंकित डिपोजिट भाउचार हुन्छ। त्यहाँ अरु पैसा डिपोजिट गर्दा फारम भरे जसरी नै इसेवा ID र रकम राखी काउन्टरमा फारम भर्नुहोला र क्यास संगै त्यो फारम काउन्टरमा दिनुहोला। यस पश्चात् इसेवामा रकम जम्मा हुनेछ। नोट: काउन्टर डिपोजिट गरी इसेवामा रकम राख्नका लागि भने सो बैंकमा खाता हुनु पर्ने जरुरी छैन। इसेवामा अावद्ध बैंकहरूकाे जानकारीका लागिः बैंकहरू

६. Cash Point

क्यास पोइन्ट भनेका इसेवाका आधिकारिक एजेन्ट्स हुन् जहाँबाट तपाईंले इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ। त्यहाँ एजेन्टलाई इसेवा ID दिई तपाईंले बिना कुनै शुल्क इसेवामा रकम जम्मा गर्न सक्नु हुनेछ। क्यास पोइन्ट पत्ता लगाउनका लागि भने, यहाँ उल्लेखित प्रक्रिया पूरा गर्नुहोस्। १. इसेवामा लगिन गरि, Load fund मा जानुहोस्। २. Cash Point मा क्लिक गर्नुहोस्। ३. यहाँ हजुर नजिकै भएको क्यास पोइन्ट हेर्नका लागि सर्च गर्नुहोस्। ४. देखाइएको क्यास पोइन्टकोमा गई इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ। माथि उल्लेखित प्रक्रियाहरु मध्यबाट जुनै पनि छानी इसेवामा रकम जम्मा गर्न सक्नुहुनेछ जहिले पनि, जहाँबाट पनि । कुनै पनि जानकारीका लागि,  हाम्रो ग्राहक सहायक केन्द्र (१६६०-०१-०२१२१) मा सम्पर्क गर्न सक्नुहुनेछ । हामी Facebook, Instagram, र Viber मा पनि उपलब्ध छौँ । इसेवा ID नभएको खण्डमा यहाँ बाट दर्ता गर्नुहोस्: eSewa