eSewa Cash Point कसरी बन्ने ।

eSewa Cash Point कसरी बन्ने

देशभरमा ६५,०००+ व्यवसायीहरुले eSewa Agent भई आफ्नो आम्दानीमा वृद्धी गर्न थाली सक्नु भएकोछ । यदि तपाईं पनि आफ्नो व्यवसायमा eSewa राख्न चाहानुहुन्छ भने निम्न लिखित प्रक्रिया अपनाउनुहोस्:

१. eSewa Agent बन्नका लागि आफ्नो व्यवसायको PAN certificate र eSewa ID [email protected] मा email गर्नुहोस् अथवा हामीलाई Facebook messenger र Viber number १२३४५१२३४५ मार्फत सम्पर्क गर्नुहोस् ।

२. आफ्नो मोबाईलको मेसेज बक्समा गई point लेखेर ३२१२१ मा पठाउनुहोस् ।

३. eSewa बाट हाम्रो प्रतिनिधिहरुले तपाईंलाई सम्पर्क गर्नुहुनेछ र तपाईंको e-mail अथवा Viber मा Agent को contract फारम पठाउनुहुनेछ।

४. Contract फारम Print गरी सबै विवरण भर्नुहोस् र फारमलाई पुन: Scan गरी अथवा फोटो खिची सोही e-mail अथवा Viber मा reply गर्नुहोस् ।

५. अब हाम्रो प्रतिनिधिले तपाईंलाई सम्पर्क गरेर अथवा भेटेर Agent बन्नुको सर्तहरु बुझाउनुहुनेछ र आपसी सहमती पछि तपाईंले eSewa Agent को सबै सुविधाहरु लिन सक्नुहुनेछ ।

यसरी eSewa Agent बनेको केहि समय पछि तपाईं eSewa Cash Point मा परिवर्तन हुन सक्नुहुनेछ । eSewa Agent ले Cash Point बन्दा थप फाइदाहरु पाउनुहुनेछ जस्तै हाम्रो eSewa app को “Location” मा तपाईंको व्यवसाय देखिनेछ र ग्राहकलाई cash-in गरिदिँदा ०.५% कमिसन समेत पाउनुहुनेछ ।

Cash Point बन्नका लागि तपाईंले eSewa को ग्राहकहरुलाई पुन: रुपमा सेवा प्रदान गर्न तपाईं आर्थिक रुपमा अब्बल हुनु पर्नेछ । तपाईं आर्थिक रुपमा अब्बल भएको खण्डमा हामी तपाईंलाई Cash Point को contract फारम पठाउनेछौँ र Point बन्ने बेला जस्तै फेरी सबै फारम भरी हाम्रो सर्तहरु बारे बुझाइ तपाईंलाई Cash Point मा परिवर्तन गर्नेछौँ ।

eSewa Agent बन्नुको फाइदाहरु थाहापाउनका लागि, यहाँ थिच्नुहोस्

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

4 thoughts on “eSewa Cash Point कसरी बन्ने ।

Comments are closed.