National Academy of Medical Sciences अर्थात NAMs को आवेदन फारम भर्ने प्रक्रिया

Now pay your NAMS Application form fee through eSewa

National Academy of Medical Sciences अर्थात NAMs, नेपाल सरकार अन्तर्गत एक मात्र post-graduate मेडिकल संस्था हो । अहिले यस संस्था अन्तर्गत एम.डि., एम.एस्., पि.सि.एल. नर्सिङ्, बि.एन. यस लगायत विभिन्न पाठ्यक्रमहरु संचालन भइरहेको छ । यदी तपाईं आवेदन फारम भर्दै हुनुहुन्छ भने, रेजिस्ट्रेसनको लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:

१) सर्वप्रथम NAMs को वेबसाईट online.nams.org.np खोल्नुहोस् ।

२) REGISTER NOW लेखिएको फारममा आफ्नो नाम, थर, बुवा को नाम, आमा को नाम, साथै देश, लिङ्ग, जन्म मिति, वैवाहिक स्थिति, फोन नम्बर, ईमेल, पासवर्डका साथै सम्पूर्ण विवरण भर्नुहोस् ।

३) Terms and conditions राम्ररी पढेर check box मा टिक गर्नुहोस् र Register मा क्लिक गर्नुहोस् ।

४) आफ्नो मोबाईल नम्बरको मेसेजमा आएको OTP code राखी अकाउन्ट सक्रिय गर्नुहोस् अथवा ईमेल खोली NAMs बाट आएको लिन्क खोल्नुहोस् र अकाउन्ट activate गर्नुहोस् ।

 

अब, अकाउन्ट activate भइसकेपछी ईमेल आइ डि र पासवर्ड राखी log-in गर्नुहोस र निम्न लिखित निर्देशन अपनाउनुहोस्:

१ ) सर्वप्रथम, आफ्नो 5 MB भन्दा थोरै size को फोटो अप्लोड गर्नुहोस् ।

२ ) आफ्नो व्यक्तिगत विवरणका साथै धर्म, वर्ग, बुवाको ब्यवसाय, ब्यवसायिक क्षेत्र, आमाको ब्यवसाय, र ब्यवसायिक क्षेत्र भर्नुहोस् र अघि बढ्नुहोस् ।

३ ) अब आफ्नो ठेगाना को विवरण भर्नुहोस् :

–  नागरिकतामा स्थायी ठेगाना अञ्चलको आधारमा छ भने “पुरानो नागरिकता प्राप्त आवेदक” फारम भर्नुहोस्,

– नागरिकतामा स्थायी ठेगाना प्रदेशको आधारमा लेखिएको छ भने “नयाँ नागरिकता प्राप्त आवेदक ” फारम भर्नुहोस् ।

४ ) अब, आफ्नो हालको ठेगाना, टेलिफोन नम्बरमा आफ्नो area code सहितको landline number, आवेदकको मोबाईल नम्बरमा आफ्नो मोबाईल नम्बर, र वैकल्पिक मोबाईल नम्बर भर्नुहोस् ।

५ ) यसपछी, आफ्नो अभिभावकको नाम, अभिभावक सँगको सम्बन्ध, अभिभावकको टेलिफोन नम्बर र मोबाईल नम्बर भरी update and proceed मा क्लिक गर्नुहोस् ।

 

यसरी, सबै आफ्नो व्यक्तिगत विवरण भरिसकेपछी तपाईंले प्रवेश परिक्षाको फारम भर्न सक्नुहुनेछ । आफु ले पढ्न चाहेको पठ्यक्रमको “Apply” अप्सन मा क्लिक गर्नुहोस् । यसरी क्लिक गरिसकेपछी शैक्षिक कोटा देखाइने छ, आफूमा लागु हुने कोटामा सही चिन्ह लगाई सो कोटाको लागि चाहिने सबै कागजात तयार पार्नुहोस र चेकबक्समा सही चिन्ह लगाई “Apply” अप्सनमा थिच्नुहोस् । अब तपाईंले आफ्नो पढाई सम्बन्धित विवरण भर्न सक्नुहुन्छ:

१ ) आफ्नो शैक्षिक स्तर, शैक्षिक संस्थाको नाम, अध्य्यन गरिएको देश, ठेगाना,  विश्वविद्यालय समाप्ती वर्ष, प्राप्त गरेको gradeको प्रकार र प्राप्त गरेको अंक  भरी “Update and Proceed” मा क्लिक गर्नुहोस् ।

२ ) अब नागरिक्ताको अगाडी र पछाडीको भाग लगायत पढाइ सम्बन्धित सबै कागजपत्रको फोटो अप्लोड गर्नुहोस् र “Submit and Proceed” मा क्लिक गर्नुहोस् ।

३ ) अब भर्ना शुल्क तिर्नका लागि इसेवामा खाता नभएमा “Generate Token” गरी टोकन नम्बर टिप्नुहोस् र नजिक को इसेवा क्यास पोइन्ट मा गई टोकन नम्बर दिएर भर्ना शुल्क बुझाइ त्यस्को रिसिप्ट लिएर आउनुहोस् ।

४ ) इसेवामा खाता छ भने “Pay with eSewa” थिच्नुहोस् र खुलेको वेबसाईटमा आफ्नो इसेवा ID र पास्वर्ड हाली log-in गर्नुहोस् ।

५ ) Logged-in भैसकेपछी “Continue Payment” गर्नुहोस् र भर्ना शुल्कको विवरण राम्ररी हेरी “Confirm” गर्नुहोस् ।

 

यसरी शुल्क बुझाएको १ हफ्ता भित्र admit card को लागि तपाईंको मोबाईलमा मेसेजका साथै ईमेलमा लिंक आउनेछ । अथवा, आवेदन अस्विकार भएको मेसेज आउनेछ । यसरी अस्विकरको मेसेज आएमा आफ्नो अकाउन्टमा log-in गर्नुहोस । त्यहाँ, अस्विकार भएको कारण देखाइनेछ, यस्लाई सच्य्याइ फेरी एक पटक फारम बुझाउन सक्नुहुनेछ ।

Admit card आएपछी print गरी हाल्सालको फोटो टाल्नुहोस् र आफ्नो हस्ताक्षरका साथै औँठा छाप लगाइ परिक्षाको लागि तयार हुनुहोस् ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “National Academy of Medical Sciences अर्थात NAMs को आवेदन फारम भर्ने प्रक्रिया

Comments are closed.