IOE इन्ट्रान्स परिक्षाको फारम अन्लाईन मार्फत भर्नुहोस

IOE Entrance

IOE (Institute of Engineering) नेपालकै पहिलो engineering institute हो र यस संस्थाले विगत ८० वर्ष देखि उत्कृष्ट technical तथा civil engineeringको पठन् पाठन् प्रदान गर्दै आएको छ । हरेक वर्ष हजारौँ विद्यार्थीहरु IOE को प्रवेश परीक्षा दिनका लागि भनि बैंक काउन्टरमा शुल्क बुझाउन लाईन लाग्छन् । सो झन्झटबाट मानिसहरुलाई मुक्त गर्नका लागि विगत केहि वर्ष देखि IOE को भर्ना शुल्क सिद्धार्थ बैंकको मोबाईल बैँन्किङ्गबाट तिर्न मिल्ने प्रावधान मिलाईएको थियो भने, यो वर्ष देखि इसेवाबाट पनि भर्ना शुल्क तिर्न मिल्ने बनाइएको छ ।

यस लेख मार्फत तपाईंले इसेवाबाट IOEको आवेदन फारम कसरी भर्ने भन्ने विषयमा जानकारी पाउन सक्नुहुनेछ ।

  • आफ्नो वेब ब्राउसरमा गई इसेवाको वेबसाईट खोल्नुहोस अथवा मोबाईलमा इसेवाको एप खोल्नुहोस । इसेवा एप नभएको खण्डमा गूगल प्ले स्टोरमा गइ इसेवा डाउनलोड गर्नुहोस् ।
  • एप खुलेपछी Popular services मा देखिएको Institute of Engineering अप्सनमा क्लिक गर्नुहोस् ।
  • खुलेको फारममा आफ्नो नाम, जन्म मिति, फोन नम्बर, र परीक्षा प्रवेश शुल्क रु. २००० भर्नुहोस् र “Proceed” बटनमा क्लिक गर्नुहोस् ।
  • यसरी प्रोसीड गरीसकेपछि तपाईंले फारममा लेख्नु भएको मोबाईल नम्बरमा इसेवाबाट अलर्ट मेसेजमा transaction code आउनेछ।
    Transaction code आएको आधा घण्टा पछि IOE को वेबसाईट entrance.ioe.edu.npमा गइ तपाईंले फारम भर्न सक्नुहुनेछ।

आधा घण्टा सकिएर entrance.ioe.edu.np खोलिसकेपछि देखाइएको नोटिस राम्ररी पढ्नुहोस्र पढिसकेपछि “start registration” मा क्लिक गर्नुहोस् । त्यसपछि खुलेको “Bank voucher payment information” राम्ररी पढि “next” गर्नुहोस् । त्यहाँ देखाइएको जानकारी राम्ररी पढिसकेर मात्र “next” बटनमा क्लिक गर्नुहोस् । वेबसाईटमा देखाइएको निर्देशन राम्ररी पढिसकेपछि वेबपेजको अन्त्यमा भएको captcha को अक्षर खाली ठाउँमा भर्नुहोस् र “I agree all the terms and conditions mentioned above” मा टिक गरी next थिच्नुहोस् । अब तपाईंको student registration form खुल्नेछ ।

  • फारममा सर्वप्रथम इसेवाबाट मेसेजमा पाउनुभएको transaction code भाउचर नम्बरमा भर्नुहोस् ।
  • Basic Informationमा आफ्नो नाम, लिङ्ग, फोन नम्बर, जन्म मिति, इमेल, र Identification documentको type छनोट गरी सोही पत्रको नम्बर Identification Document no.मा भर्नुहोस् ।
    – जन्म मिति भर्दा तपाईंले शुल्क बुझाउने बेला राख्नुभएको मिति नै प्रयोग गर्नुहोला, जन्म मितिइ एउटाै नभएको खण्डमा तपाईंको फारम स्विकार हुने छैन ।
  • अब आफ्नो प्रस्ट रूपमा दुइतै कान र अनुहार देखिने गरी सादा प्रिस्ठभुमिमा खिचिएको २०० kb भन्दा कम size को फोटो अप्लोड गर्नुहोस् ।
  • त्यसपछि आफुले छान्नु भएको Identification documentको स्क्यान फोटो अप्लोड गर्नुहोस् ।
  • अब आफ्नो देश, अञ्चल, जिल्ला, र स्थायी ठेगाना बारे सम्पूर्ण विवरण भर्नुहोस् ।
  • ठेगाना पश्चात, आफ्नो स्कुलको नाम, स्कुल बोर्ड, सिम्बोल नम्बर तथा अन्य सम्पूर्ण विवरण भर्नुहोस् ।
  • यसै गरी कलेजको पनि सम्पूर्ण विवरण भर्नुहोस् ।
  • अब entrance exam को लागि सेन्टरमा IOE, Pulchowk ICT center छान्नुहोस् । परीक्षा मितिको लागि अगस्ट ५ देखि अगस्ट १२ तारिक सम्मको एउटा मिति छान्नुहोस् र कुन समयमा परीक्षा दिने भनेर पनि छान्नुहोस् ।
  • यति भरिसकेपछि आफ्नो अभिभावकको विवरण भर्नुहोस् र भेरीफिकेसनको लागि देखिएको captcha को अक्षर भरी “save and proceed” गर्नुहोस् ।
  • यसरी प्रोसीड गरिसकेपछि तपाईंले भर्नु भएको विवरण ठीक छ कि छैन भनेर पूर्ण जाँच गर्नुहोस् र ठीक नभएमा “edit” बटन थिची विवरण मिलाउनुहोस् । विवरण ठीक भएमा “submit” बटनमा क्लिक गर्नुहोस् ।
  • अन्त्यमा तपाईंको विवरण सहित Registration details पेज खुल्नेछ, Save Confirmation Pageमा क्लिक गरी यो पेज save गर्नुहोस् र कलर प्रिन्ट गरी रख्नुहोस् ।

यसरी फारम भरिसकेपछि admit cardको लागि श्रावण १७ गते देखि आफ्नो इमेल बेला बेलामा हेर्दै गर्नुहोस् । IOE को प्रवेश परीक्षा दिइरहनुभएको सम्पूर्ण विद्यार्थीहरुलाई eSewaको तर्फबाट शुभकामना ब्यक्त गर्दछौँ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “IOE इन्ट्रान्स परिक्षाको फारम अन्लाईन मार्फत भर्नुहोस

  1. Hello sir by misstek le esewa bat dui choti ekai jana ko name bat Rs. Pay vahai hal da kheri ke gar ne r kasari tyo Rs return garne…sir

Comments are closed.