eSewa Business QR – स्मार्ट व्यवसायका लागि स्मार्ट भुक्तानी

eSewa Business QR एक यस्तो डिजिटल भुक्तानी सेवा हो जसको प्रयोग गरेर ग्राहकहरुले सेवा-सुविधाको भुक्तानी सहजै गर्न सक्छन । इसेवाले व्यवसायलाई प्रदान गरेको QR-कोडमा ग्राहकहरुले आफ्नो इसेवा एपबाट Scan गरी सजिलै डिजिटल भुक्तानी गर्न सक्छन ।

Contents

eSewa Business QR को प्रमुख फाइदाहरु 

  • सरल, छिटो र नगदरहित कारोबार: भुक्तानी लिन वा दिन एकदमै सहज, नगद लिन–दिनको झन्झट, हिसाबमा त्रुटि वा चोरीको डर न्यूनीकरण गरेर डिजिटल कारोबारले तपाईंको समय र स्रोत बचत गर्छ
  • सुरक्षित र भरपर्दो भुक्तानी: इसेवाले ग्राहकको सुरक्षा र गोपनियताको लागि विभिन्न सुरक्षा मापदण्डहरु अपनाउने भएकोले भुक्तानी लिने र दिने दुवै पक्षलाई सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्न सकिने
  • कारोबारको स्पष्ट हिसाब: मर्चेन्ट पोर्टल र मर्चेन्ट एपमार्फत तपाईंले सबै कारोबारको विवरण सजिलै हेर्न र ट्र्याक गर्न सकिने! दैनिक, साप्ताहिक वा मासिक रिपोर्ट तयार गर्न पनि सकिने
  • व्यावसाय वृद्धि: डिजिटल भुक्तानीका माध्यमले ग्राहकहरुलाई सहजता प्रदान गर्ने भएकोले ग्राहकहरु QR भुक्तानी सुविधा भएका व्यवसायहरूमा ग्राहकहरू दोहोरिने सम्भावना हुन्छ
  • व्यवसायको डिजिटल ब्रान्डिङ: QR भुक्तानी सेवा प्रयोग ख व्यवसायलाई स्मार्ट, आधुनिक र प्रविधिमैत्री बनाउँछ, विशेष गरी युवापुस्तालाई आकर्षित गर्न गर्दछ

नियम तथा शर्तहरु 

इसेवा Business QR को लागि अनुरोधकर्ता/व्यवसायीले पालना गर्नुपर्ने शर्त तथा नियमहरू 

  • इसेवाले आफ्नो एप आफ्नो एप तथा वेब (blog.esewa.com.np) मार्फत समय–समयमा जारी गर्ने नीति, नियम, निर्देशन, कानुन तथा शर्तहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने छ।
  • इसेवा Business QR खाताबाट कुनै किसिमको शंकास्पद, गैरकानूनी गतिविधि भएको देखिएमा, कुनै अड्डा अदालत, प्रहरी निकाय, अन्य सरकारी तथा वित्तिय संस्थाको आदेशानुसार खातावाला/ मर्चेन्ट लाई पूर्व सूचना दिई वा नदिई तोकिएको रकम वा सम्पूर्ण रकम रोक्का गर्ने, कारोबार रद्द गर्ने वा इसेवा Business QR खातालाई व्यवसायिक प्रयोगबाट समेत हटाउनका साथै इसेवा Business QR खाता बन्द गर्ने अधिकार समेत इसेवामा निहित रहनेछ।
  • इसेवाका सेवा शुल्कहरु इसेवाले निर्धारण र परिमार्जन गरे बमोजिम हुनेछ। कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जरिवाना र कर जस्ता भुक्तानीको लागि मर्चेन्टलाई कुनै सूचना दिई वा नदिर्ई खाता बाट रकम कट्टा गरि असुल उपर गर्ने अधिकार इसेवालाई रहनेछ।
  • इसेवा Business QR मर्चेन्टले ग्राहकसंग भुक्तानी लिँदा कारोबार रकम बाहेक कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन।
  • इसेवा Business QR मर्चेन्टको कुनै कागजात तथा विवरण इसेवालाई भविष्यमा आवश्यक परेमा अथवा अडिट (Audit), ग्राहक पहिचान (ECDD), र वृृहत ग्राहक पहिचान (EDD) गर्नु परेमा मर्चेन्टले निर्वाध रुपमा सहजिकरण गर्नेछ र अनुरोध गरिएका विवरण तथा कागजातहरु इसेवालाई उपलब्ध गराउने छ।
  • इसेवा Business QR मर्चेन्टले सम्पत्ति शुद्धीकरण (Money Laundering) निवारण ऐन, २०६४ र तदसंग सम्बन्धित ऐन कानुनहरुको पूर्ण रुपमा पालना गर्नु पर्नेछ।
  • इसेवा Business QR मर्चेन्टले इसेवा सेवाग्राहीसंग कारोबार गर्दा व्यवसायिक सदाचारको पालना अनिवार्य रुपमा गर्नुपर्नेछ।
  • इसेवा Business QR मर्चेन्टले इसेवाले उपलब्ध गराएका प्रचार सामग्रीहरु जस्तै फ्लेक्स, बोर्ड, स्टीकर तथा अन्य सामानहरुलाई सुरक्षित साथ देखिने गरी इसेवाले तोकेको ठाउँमा राख्नु पर्नेछ। यदि त्यस्ता प्रचार सामग्री बिग्रिएमा, टुटफुट भएमा सो को जानकारी इसेवालाई गराउनुपर्नेछ र इसेवाले आवश्यकता अनुसार परिवर्तन गराउन सक्नेछ।
  • यस सम्झौताको अवधि सम्झौता भएको मितिबाट २ (दुुई) वर्ष सम्म रहनेछ र उक्त सम्झौतामा eSewa Business QR मर्चेन्ट र इसेवा दुबै पक्षहरुको आपत्ती नभएमा सोहि समय अवधिका लागि स्वतःनविकरण हुनेछ।
  • इसेवा Business QR मर्चेन्टले यस सम्झौतामा उल्लेखित शर्तहरुको अक्षरस पालना गर्नुपर्नेछ र सो बिच कुनै विवाद वा कानूनी अड्चन सिर्जना भएमा दुवैपक्षले छलफल गरि टुङग्याउन सकिनेछ तर सोको टुङ्गोे नलागेमा अन्तिम निर्णयको अधिकार इसेवामा समाहित रहनेछ।
  • इसेवा Business QR मर्चेन्टले आफ्नो प्रबन्ध पत्र (MOA) वा अन्य आधिकारिक दर्ता कागजातहरूमा उल्लेखित उद्देश्यहरू अनुसार मात्र सेवा प्रदान गर्नुपर्नेछ। ती कागजातहरूमा तोकिएको दायराभन्दा बाहिर प्रदान गरिएका कुनै पनि सेवा अमान्य हुनेछ। यस्ता अनधिकृत क्रियाकलापहरूबाट उत्पन्न हुने कुनै पनि परिणाम वा दायित्वको सम्पूर्ण जिम्मेवारी Business QR मर्चेन्ट स्वयंले लिनुपर्नेछ। यस्ता अवस्थामा पूर्व सूचना बिना सम्झौता तुरुन्तै रद्द गर्न सक्न गर्ने अधिकार समेत इसेवामा निहित रहनेछ ।
  • इसेवा एपको Business QR Request बाट पठाइएको Request eSewa Business QR Registration Form भरेको सरह मनिनेछ ।

 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.