क्रिकेटर ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर

 

१४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल ईसेवाको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् ।

सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ईसेवाले मल्ललाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । ईसेवाका तर्फबाट एफवान सˆटका अध्यक्ष विश्वास ढकाल र मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

ईसेवाका अध्यक्ष अस्गर अलीले नेपाली खेलकुद र खेलाडीहरूसँगको सहकार्यलाई निरन्तरता दिने क्रममा मल्ललाई ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको बताए ।

ईसेवाले नेपाली क्रिकेट टिम, क्यान तथा आईसीसीले आयोजना गर्ने प्रतियोगिताहरूमा पनि सहकार्य गर्दै आइरहेको छ । यसअघि ईसेवाले नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर प्रदिप ऐरी, अविनास कर्ण तथा क्रिकेटर मेहवुब आलमसँग पनि सहकार्य गरेको थियो ।

ईसेवाले प्रधानमन्त्री कप २०७४ र ०७५, आईसीसी व्ाल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबिया तथा नेपाल र केन्याबीच भएकोेे खेलको व्यवस्थापन गरेको थियो ।

ईसेवालेे अष्ट्रेलियन क्रिकेटर फिलिप हृयुजको सम्झनामा भएको खेलमा पनि टिकट बिक्री तथा व्यवस्थापनमा काम गरेको थियो ।

Source: Onlinekhabar.com

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.