अपांगता भएकाहरुको लागि ह्याकथन सम्पन्न

अपांगता भएका व्यक्तिहरुको लागि ह्याकथन प्रतियोगिता सम्पन्न भएको छ । मेरो साथी मोबाइल एप डेभलप गर्ने प्राइम कलेज टिम ह्याकथन “HACKATHON ON ACCESSIBLE AND INCLUSIVE ICT FOR PERSONS WITH DISABILITIES ” प्रतियोगितामा बेस्ट टिम ठहरिएको छ । उक्त टीमले असक्षम व्यक्तिहरुका लागि आईसीटी मैत्री उपकरणहरू विकास गरे वापत रु ५० हजार जित्न सफल भएको थियो ।

उक्त प्रतियोगितामा जम्मा १० वटा टिमहरु प्रतिष्पर्धिको रुपमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा प्रतिष्पर्धिहरुले प्रि-ह्याकथन सहितको एक महिनाको डिसएबिलिटी लिडर्स वर्कशपमा समेत कडा सहभागिता जनाएका थिए ।

यसका साथै न्यु समिट कलेजको टिम उक्त प्रतियोगितामा फर्स्ट रनर अप बन्दै रु ३० हजार र इन्स्टिच्युट अफ इन्जीनियरिङ  कलेज सेकेन्ड रनर अप बन्दै क्रमश: रु.२० हजार रुपैयाँ जित्न सफल भएको थियो ।
प्रतिष्पर्धामा मनोहर कुमार भट्टराई,आनन्द राज खनाल दिनेश कौशल तथा असगर अलि लगायतका सिनियर आइसिटि एक्स्पर्टहरु जुरीको रुपमा रहेका थिए । विजेता टिमले आवाजमा समस्या भएका तथा एन्जाइटिको समस्या भएका मानिसहरुका लागि उपयोगी कम्युनिकेशन टूलको प्रोटोटाइपको विकास गरेका थिए ।

यसैगरि फर्स्ट रनरअप टीमले श्रवण शक्ति कम भएका बालबालिकाहरुका लागि नेपाली भाषा सिक्न र उनीहरु सँगै बस्ने व्यक्तिहरुको लागि साइन ल्याङग्वेज सिक्नको लागि ल्याङग्वेज लर्निङ टूल भाषा बड्डीको विकास गरेका थिए ।

इस्लिंगटन कलेज,टेक्सास कलेज पनि ह्याकथनको फाइनालिस्ट बन्न सफल भएका थिए । यसका साथै प्रि ह्याकथनमा  हिमालयन इन्जिनियरिंग कलेज,एपेक्स तथा कान्तिपुर सिटि कलेज लगायत अन्य आइटी कलेजहरुको समेत सहभागिता रहेको थियो ।

उक्त प्रकृयामा सहभागीहरुलाई डा.सन्जिब पाण्डे (Assistant Professor, IOE, Pulchowk), सुभाष ढकाल(Director, Department of Information Technology), शक्ति श्रेष्ठ (Chief Technological Officer, Shangrila Microsystem Private Limited) तथा आशिष गौतम (Project Manager, eSewa) लगायतका आइटि एक्स्पर्टहरुले ट्रेनिङ,सल्लाह तथा सुझाव दिएका थिए ।

उक्त कार्यक्रमलाई फोर्ड फाउन्डेसनले सपोर्ट गरेको थियो भने श्रीलंकाको LIRNEasia कम्पनी, इन्टरनेट सोसाइटि नेपाल,सेन्टर फर ल एण्ड टेक्नोलोजी प्राइभेट लिमिटेड तथा वुमन ग्रुप फर डिसएबिलिटी राइट्स लगायतका संस्थाहरुले  नेशनल आइसिटि डे को अवसरमा अर्गानाइज गरेका  थिए ।

Source: https://www.livingwithict.com/news-details/512/2018-04-30

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.