हेटौंडा खानेपानीको महशुल इसेवाबाट

हेटौंडा खानेपानीको महशुल इसेवाबाट

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले डिजिटल सूचना पार्टिको आरम्भ गरेको छ। डिजिटल सूचना पार्टिमा हरेक महिनाको आम्दानी र खर्च सहित सबै विवरण राखिने भएको छ।

सोहि सम्मेलन मर्फत गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा खानेपानी बोर्डका अध्यक्ष प्रताप विस्टले साउन महिना देखि हेटौँडा खानेपानीको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको र बजार क्षेत्रमा पानीको समस्या न रहेको बताउनुभयो।

बोर्डले डिजिटल सूचना पार्टि सँगै इसेवा मार्फत पानीको भुक्तानीको काम पनि सुरु गरेको छ। अब स्थानिय बासिन्दाले खानेपानीको पैसा तिर्न खानेपानी बोर्डको कार्यालय धाई राख्ननपरे पछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्ताले ठूलो राहत मिल्ने आशा गरिएको छ ।

इसेवामार्फत मोबाईल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स र बस टिकट, फिल्म टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिनेछ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.