वैदेशिक राेजगारकाे म्यादी बीमा शुल्क अब इसेवाबाट !

म्यादी बीमा शुल्क

नेपालबाट वैदेशिक रोजगारका लागि बाहिरी देश जान श्रम विभागबाट श्रम स्विकृती (Foreign Visa) लिनु आवश्यक पर्दछ । यसरी श्रम स्विकृती लिनका लागि म्यादी जिवन बीमा (Term Life Insurance) शुल्क बुझाउनु आवश्यक छ । वैदेशिक राेजगारका लागि जाँदै गरेका श्रमिककाे म्यादी जीवन बीमा शुल्क अब इसेवाबाट अनलाइन तिर्न मिल्ने भएकाे छ । म्यादी जीवन बीमामा बुझाइएकाे शुल्क राजगारका लागि जानुभएका नेपाली कर्मचारीकाे स्वास्थ उपचार खर्च, शारिरिक क्षतिकाे उपचार खर्च,  मृत्यु भएकाे खण्डमा स्राद्धकाे खर्च, साथै अरू सुविधा पर्दछन् ।

इसेवाबाट वैदेशिक राजगारका लागि म्यादी बीमा शुल्क अनलाइन तिर्न मिल्ने सुविधाकाे सुरूवात सँगै अब श्रमिकहरूले बीमा कम्पनी धाइराख्नु नपर्ने र विदेशमा रहेका श्रमिकले पनि स्वयम श्रम स्विकृती नविकरणका लागि निवेदन दिन मिल्ने भएकाे छ । इसेवाबाट हालका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे म्यादी जीवन बीमा शुल्क बुझाउन सकिन्छ । 

म्यादी बीमा शुल्क (Term Life Insurance) बुझाउनका लागि  निम्न लिखित प्रक्रिया पुरा गर्नुहोस् :

१. इसेवा खातामा लग इन गर्नुहोस् ।

२. सर्च बारमा “Foreign Employment Insurance Fund” लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

३.  व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने “Man Power” छनोट गर्नुहोस् ।

४. Insurance Company मा Sun Nepal Life Insurance Company Ltd छान्नुहाेस् ।

५. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै राेजगार अवधी र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर, लट नम्बर साथै राेजगार अवधी दाखिला गरी “Check” मा थिच्नुहोस् ।

 ६. देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुहोस् ।

यसरी वैदेशिक रोजगारका लागि बुझाएको म्यादी बीमा शुल्ककाे टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्नुहोस् ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.