महाकाली यातायात पनि अनलाइन टिकटिङमा, सुदुरपश्चिम जान मोबाईलबाटै टिकट काट्न सकिने

Source: Newssewa

२३ पुस काठमाडौ । सुदुरपश्चिमका जिल्लामा उत्कृस्ट सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताए ।  कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा, इसेवा, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट  समेत टिकट काट्न सकिनेछ ।

महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ ।
बससेवा नेपालको अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.