बिल भुक्तानीका लागि विभिन्न कार्यालय धाउन नपर्ने – नवराज कुँवर

Nawaraj Kunwar, eSewa user

काठमाडौं का ३९ वर्षीय नवराज कुँवर भन्छन् उनले eSewa चलाउन थालेको देखेर साथीहरूले पनि eSewa चलाउन थाले।
eSewa कहिले देखि चलाउनु थाल्नुभयो भनेर प्रश्‍न गर्दा भन्नुभयो “पहिले पहिले TV मा eSewa को ad आउँथ्यो नि, त्यो बेला देखि चलाउन थालेँ।” कुराकानी अघि बढ्दै जाँदा सम्झिनुभयो करिब २ वर्ष भएछ।

घर पेप्सिकोला अनि व्यवसाय भने टेकुमा भएका उनले eSewa प्रयोग गर्न थालेपछि आफ्नो जीवनमा निकै सहजता आएको बताउँछन्। eSewa बाट मोबाइल रिचार्जका साथै घरको टेलिफोनको बिल भुक्तानी पनि गर्ने गरेका छन्। यसका साथै आफ्नो घरको बिजुली र इन्टरनेटको महसुल पनि eSewa बाट नै भुक्तानी गर्छन्।

eSewa चलाइरहँदाको अनुभव बारे सोध्दा भन्छन् “बिल भुक्तानीका लागि विभिन्न कार्यालय धाउन नपर्ने भएकाले निक्कै खुसी छु र आफ्ना साथीभाईहरूलाई पनि eSewa चलाउन सिफारिस गरी रहेको हुन्छु ।”

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.