कोहलपुरमा ईसेवाको शाखा विस्तार

eSewa kohalpur team at opening

नेपालको पहिलो अनलाईन पेमेन्ट गेट वे इसेवा फोन पे प्रा.लि. को शाखा कार्यालय कोहलपुरमा स्थापना गरिएको छ । ईसेवा फोन पे प्रा.लि. का सिईओ शुभाष सापकोटाले एक कार्यक्रमका बिच शाखा कार्यालयको उदघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै इसेवा ५ नं प्रदेश प्रमुख कमल सापकोटाले मोवाईलबाटै छिटो छरितो सेवा प्रवाह गर्ने उद्धेश्यले शाखा कार्यालय स्थापना गरीएको बताए । इसेवा प्रयोग गरि आफ्नो दैनिक जिवन सहज र सरल बनाई उक्त समयलाई अन्य सृजनशिल कार्यमा प्रयोग गर्न सकिने सापकोटाले बताए ।

इसेवाले अनलाईन भुक्तानीकालागि बिभिन्न बिद्यालयसँग सहकार्य गर्दै आएको बताउँदै जिल्ला प्रतिनिधि महेन्द्र रानाले सबै क्षेत्रमा ईसेवाको प्रयोगले व्यापकता पाईरहेको बताए ।

आईतबारदेखि कोहलपुरमा शाखा विस्तार गरेको इसेवाले मोबाईल, टेलिफोन, इन्टरनेटको रिचार्जका साथै बिजुली तथा खानेपानीको महशुल भुक्तानी समेत गर्न सकिने बतार्ईएको छ । त्यसका अलावा हवाइजहाज र बसको टिकट तथा स्कुल कलेजको लगायतका शुल्क भुक्तानी समेत गर्न सकिने सिईओ शुभाष सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आईतवार १९:४४
Source: Kanchulikhabar

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.