इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

फाल्गुन महिनामा हामीले पहिलो पटक नेपालम कोरोना भाइरस संक्रमित व्यक्तिको बारे सुनेका थियौँ । यस पछी कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ र आज सम्ममा नेपाल भित्र ४० भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । यो भाइरसको संक्रमण बढ्दै गए लगतै हामी सबैले कोरोना भाइरस बीमाको आवश्यक्ता महसुस गरेका छौँ । यही आवश्यक्तालाई मध्यनजर गर्दै बीमा समितीद्वारा कोरोना भाइरस बीमालेखको सुरुवात भएको छ ।

इसेवामा आवद्ध सबै निर्जिवन बीमा कम्पनीहरुले यो सुविधाको सुरुवात गरेका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिहरु आर्थिक सहयोग पुर्‍याउनु नै यो बीमाको मुख्य उदेष्य रहेको छ । ग्राहकहरुले व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ ।

बीमा रकम बीमा शुल्क एकल बीमा शुल्क सामुहिक (परिवार वा संस्थाको सदस्यहरू)
रू. १,००,००० रू. १,००० प्रति व्यक्ति रू. ६०० प्रति व्यक्ति
रू. ५०,००० रू. ५,०० प्रति व्यक्ति रू. ३,०० प्रति व्यक्ति

ग्राहकहरुले कोरोना भाइरस बीमा भुक्तानी गर्नुभएको १२ महिना वा कोरोना भाइरस पोजिटिभ पुष्टिइ हुन्जेल सम्म यो बीमा योजनाको फाइदा लिन सक्नुहुनेछ । बीमा शुल्क भुक्तानी गरेको १५ दिन सम्म प्रतिक्षा अवधी रहने छ र १५ दिन भित्र कोरोना भाइरस पोजिटिभ पुष्टि भएमा यो बीमा लागु हुनेछैन । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी भने कोही व्यक्तिमा कोरोना भाइरस पोजिटिभ पुष्टि हुनुभएमा पुष्टि, हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्नसक्नुहुनेछ ।

आजै कोरोना भाइरस बीमा गराउनुहोस् र १ लाख सम्मको आर्थिक सुरक्षाको लागि योग्य हुनुहोस् । बीमा गर्नका लागि इसेवा एप को इन्स्युरेन्स सेक्सनमा गइ आफुले रुचाएको बीमा कम्पनिको पोलिसीका लागि भुक्तानी गर्न सक्नुहुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

90 thoughts on “इसेवाबाट आजै काेराेना भाइरस बीमा गर्नुहाेस्, रू. १,००,००० सम्मकाे बिमा रकम पाउनुहाेस्

    1. नमस्ते सर
      यो बीमा लेखको अवधी १ वर्ष हुनेछ ।
      धन्यवाद

  1. Maile bima gare ani 15 din pasi malai corona navaye tyo pisa return aaudaina ??

    1. नमस्ते सर
      यो बीमाको अवधी १ वर्ष रहनेछ । १ वर्ष सकिएपछि रकम भने फिर्ता गरिने छैन ।
      धन्यवाद

    1. Hello Sir,
      You can find the COVID-19 insurance policies inside Insurance section of your eSewa app.
      Thank you.

  2. सबै ले बुज्ने गरेर भनिदिनु होला।

  3. यसको लागी के के चाहिन्छ अनि अवधी कति वर्ष को?

  4. I have got joint family of 9 members, to cover the insurance, who should do insurance ? The head of family or any one of the family

  5. कति किस्ता तिर्नु पर्ने हाे सर कुरा क्लियर भयन

  6. Corona positive meaning “pcr positive” or RDT positive. Does the claim require development of symptoms and/or admission to hospital ?

Comments are closed.