एनआईबीएल र ई–सेवा बीच अनलाईन भुक्तानी सम्झौता

इसेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) बीच अनलाइन भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै एनआईबीएल बैंकका ग्राहकलेपनि ई–सेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाको सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखा मार्फत सहजै इसेवामा रकम लोड गर्न सक्नेछन् । भने ई–सेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न सकिने भएको छ । ई–सेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइजहाज तथा बसको टिकट, विद्यालय/क्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिने कम्पनीले जनाएको छ ।

क्यु आर कोड मार्फत गरिने भुक्तानीलाई प्रवद्र्धन गर्दै आएको ई–सेवामा हाल ५५ हजार क्युआर मर्चेन्ट आबद्ध भइसकेका छन् । भने क्युआर कोडमा ई–सेवाले आकर्षक क्यासब्याक तथा छुटको व्यवस्था समेत गरेको छ । अबदेखि नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ई–सेवामा पैसा लोड गरी सजिलै क्युआर कोड मार्फत भुक्तानीको सुविधा पनि लिन सक्नेछन् ।

Source:

एनआईबीएल र ई–सेवा बीच अनलाईन भुक्तानी सम्झौता

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

4 thoughts on “एनआईबीएल र ई–सेवा बीच अनलाईन भुक्तानी सम्झौता

  1. I am using NIBL Internet Banking but I couldn’t found esewa options to load fund.
    can you please suggest how to load?

Comments are closed.