ई–सेवाले बदलेको भुक्तानी शैली, जो नेपाल हुँदै दक्षिण एसियामा फैलियो

ई–सेवा

Contents

शनिबार, माघ ११, २०७६ – 10:40 AM

घरमा ल्यान्डलाइन हुने धेरैलाई अनुभव हुन सक्छ । हरेक महिना दूरसञ्चार कार्यालयमा टेलिफोन शूल्क बुझाउँदाको कष्ट । कार्यालय बाहिरसम्मै पुग्ने लामो लाइन छिचोलेर फोनको पैसा बुझाउनु त्यो समयको बाध्यता नै थियो । कहिलेककाहीं यसकै लागि दिनभर नै लाइनमै बिताउनुपर्नेसम्म हुन्थ्यो ।

टेलिफोन शूल्ककै लागि दूरसञ्चार कार्यालयमा अहिले त्यस्तो दृश्य देखिदैंन ।

हरेक तीन तीन महिनामा बिजुलीको बिल र भुक्तानी नदिए जरिवानमा परिने डर । त्यहिं डरले सदरमुकाममा रहेको विद्युत प्राधिकरणको कार्यालय धाउनैपर्ने अनि दिनभरको पट्यार लाग्दो लाइन झेल्नै पर्ने । धेरैलाई त बिल कति उठ्योसम्म पत्तै नहुने । अनुमानका आधारमा पैसाको जोहो गर्नुपर्ने ।

खानेपानी कार्यालयमा पनि उस्तै लाइन ।

भुक्तानीकै लागि दिनभर लाइन लाग्नुपर्ने यी दृश्य अब विगत बनिसके । त्यतिमात्र कहाँ हो र ? एयरलाइन्सको टिकट लिन होस अथवा रंगशालाका खेल, पेट्रोल पम्पको लाइनदेखि होटलमा खाएको खाजा खर्चसम्म । बालबच्चाको स्कुलको नियमित शूल्कका लागि पनि धेरै धाउनुपर्ने छैन अब ।

दैनन्दिन(युटिलिटी) यस्तै भुक्तानीका परम्परागत पद्धतिलाई विस्थापित गरेर स्मार्ट उपभोक्ता बनाउने श्रेय ई–सेवालाई जान्छ । ईसेवा धेरै परिचय दिइरहनुपर्ने नाम होइन अब । भुक्तानीका हरेक पद्धतिलाई अनलाइनमा समेट्ने त्यहिं ई–सेवाको अनवरत यात्राले आज ११ वर्ष पार गरेको छ ।

मोबाइल नै प्रयोग गर्न नजानेको नेपाली समाजमा सन् २००८ मै अनलाइन भुक्तानीको आइडिया ल्याउँदा ई–सेवासँग सोंच बाहेक केही थिएन । त्यस्तो सोंचमा भविष्यको एउटा अनुमान भने थियो । भविष्य देखेरै निकै चुनौतिबीच ई–सेवा अब एउटा मार्गदर्शक बनिसकेको छ नेपालमा ।

नेपालमात्र किन, ई–सेवाले सुरु गरेको सेवा भारतमा सन् २०१४ पछिमात्र सुरु भयो । दक्षिण एसियाका बाँकी देश पनि ई–सेवा स्थापना पछि मात्रै अनलाइन भुक्तानी प्रणालीमा प्रवेश भएको देखिन्छन् । एफवान सफ्टको उत्पादन ईसेवा सुरु गर्दा मोबाइल र बैंकलाई जोड्ने उद्देश्य थियो ।

त्यसको सुरुवात एसएमएसबाट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा बताउँछन् । एसएमएस बैंकिङबाट सुरु भएको यात्रा धेरै पछि मोबाइल बैंकिङको रुपमा ई–सेवा स्थापना भएको हो ।

‘आज ई–सेवाका करिब ३० लाख ग्राहकमध्ये मोबाइल एप्सबाट कारोबार गर्ने नै २० लाखको हाराहारीमा पुगेका छन् । यसबाट सेवा लिनेको संख्या एक करोड भन्दा बढी छन् । कारोबारको अंक पनि ठूलो छ । मर्चेन्ट अर्थात् बिजुली, पानी, इन्टरनेट लगायतको बिलमात्रै दैनिक २० करोडको हाराहारीमा ई–सेवाबाटै तिरिन्छ । बैंकबाट बैंकमै आउने जाने रकमको भोलुम त त्यो भन्दा बढी छ’ ई–सेवाका सीओओ रोशन लामिछाने कम्पनीको प्रगति यसरी व्याख्या गर्छन् ।

Source: Techpana

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.