इसेवा प्रयोग गरिरहँदा अपनाउनुपर्ने सतर्कताहरु ।

Hacker threatening other person for ransom through internet

अहिले २१ औँ शताब्दीमा रहँदा धेरै सम-समायिक फाइदाहरु छन् भने, यही समयमा बेफाइदाहरु पनि निम्तिएका छन् । अहिलेको जल्दो बल्दो घटना भनेको साइबर क्राइम रहेको छ । साइबर क्राइममा भने कम्प्युटर, कुनै पनि Networked Device, र Networkको प्रयोग हुन्छ।

अहिले नेपालमा पनि साइबर क्राइमको गिन्ती बढ्दो क्रममा छ । सन् २०१६ मा मात्रै अपराध विभागले ३०० भन्दा बढिको साइबर क्राइमको केस अनुसन्धानमा लिएर आइसकेको छ । यस्तोमा प्राय भने अर्को मान्छेले अन्लाईन वालेटमा पैसा हालिदिएमा डलर दिने वाचा गरेर ठगेको पाइएको छ ।

इसेवामा हाम्रो ग्राहकको सिक्युरिटी नै हाम्रो प्रमुख दाइत्व हो । यसै प्रसँगमा सबै कारोबार सुरक्षित राख्नको लागि हामी सदा बाहार लागिपरेका छौँ । त्यसैले कोही पनि नचिनेको व्यक्तिलाई आफ्नो Login ID र पासवर्ड दिनु भन्दा पहिले आफु सतर्क भएर काम गर्न हामी सबै माझ आग्रह गर्न चाहन्छौँ । सोही विषयमा गर्न हुने र नहुने केहि कार्य सुची भने तल लेखिएको छ ।

गर्न नहुने:

  • आफ्नो इसेवाको विवरण जस्तै: इसेवा आइ डि, पासवर्ड, MPIN, र अन्य विवरण कसै सँग पनि नसाट्नु होला ।
  • कसैले पनि इसेवा बाट हो भनेर हजुरलाई इसेवा आइ डि अथवा पासवर्ड माग्छ भने नदिनु होला ।
  • जब सम्म दोश्रो पक्षको व्यक्तिलाई पुरा रुपमा चिन्नु हुँदैन, आफ्नो विवरण नदिनु होला ।
  • कसैले पनि सामानहरु दिने भनि आश्वाशन दिएर हजुरलाई पैसा माग्छन् भने नचिन्ने व्यक्तिलाई आफ्नो विवरण नदिनु होला ।

गर्नु पर्ने:

  • कुनै पनि व्यक्ति / कारोबारमा शंका भएमा तुरुन्तै हाम्रो टोल्-फ्री नम्बर (१६६०-०१-०२१२१) मा सम्पर्क गर्न आग्रह गर्दछौँ ।
  • कुनै पनि संकास्पद फोन, ईमेल अथवा मेसेज प्राप्त गर्नु भयो भने हामीलाई तुरुन्तै सम्पर्क गर्नुहुन आग्रह गर्दछौँ ।
    हाम्रो सपोर्ट टिम २४/७ हजुरहरुको सहयोगको लागि उपस्थित हुनुहुन्छ ।

 

तसर्थ, आफुले चिन्ने, भरपर्दो मानिसहरु सँग मात्र इसेवामा कारोबार गर्नुहोस्, नचिन्ने मानिसको वाचा बन्धनमा नफसौँ र आफ्नो पैसाको सुरक्षा आफैँ गरौँ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.