इसेवा तेस्रो घराना संगीत महोत्सब २०७४

 

जनकपुरधाम, ९ कार्तिक ।
बुधवार जनकपुरमा पहिलो पटक घराना संगीत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालमा बिगत ३ बर्ष देखी पूर्वीय सास्त्रीय संगीत र सदभाव प्रवर्धनको लागी जनकपुरमा पहिलो पटक घराना संगीत महोत्सव बुधवार समपन्न भएको हो । संगीत र सांस्कृतीक सद्भाव जनकपुरको बिगत देखीको परिचय र पहिचान भएको हुनाले पहिले देखीकै संस्कार कायम राख्न कार्यक्रमको आयोजना गरिएको थियो ।


यस किसिमको अन्तराष्ट्रिय स्तरको कार्यक्रम नेपालमा तेस्रो पटक र जनकपुरमा पहिलो पटक हुन आयोजना गरिएको थियो । यस संगीत महोत्सवमा राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरसम्म कलाकारहरु सहभागि भई आफ्नो कला प्रर्दशन गरेको थियो ।

करिब ३ घण्टासम्म चलेको संगीत महोत्सवमा नेपालकै चर्चित ब्याण्ड कुटुम्ब, मिथिलाञ्चलको चर्चित नाट्य समुह मिथिला नाट्य कला परिषद् तथा अमेरिकाबाट आएका पती पत्नी लाउरा र रुपर्टले आफ्नो कला प्रदर्शन गरेको थिए ।
कार्यक्रममा मिनापले नेपाल ‘नामक चाही’ नामक नाटक पनि प्रदर्शन गरेको थियो ।

source: https://www.madheshpati.com/?p=2290

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.