आईसीसी क्रिकेट लिगको टिकट इसेवाबाट

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको टिकट इसेवाबाट खरीद गर्न सकिने भएको छ । आगामी बैशाख ४ गते र ६ गते हुने नेपाल र नामिबियाबीच क्रिकेट को बिहीवारदेखि नै इसेवाले टिकट विक्री गर्न सुरु गरेको बताएको छ । आइसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधीका रूपमा इसेवा फोन पेप्रालिलाई नियुक्त गरेको हो । १ सय रूपैयाँ मूल्य तोकिएको टिकट इसेवा एकाउण्ट भएका ग्राहकले सिधै टिकेट डट इसेवा डट कम डट एनपीमार्फत खरिद गर्न सक्नेछन् । त्यस्तै इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन, इसेवा पोइन्ट)  मा गइ अनलाइन टिकट खरिद गर्न सकिने बताइएको छ । इसेवाको उपत्यकामा मात्र करिब ५ हजार जोन, पोइन्ट रहेका छन् । इसेवाको नेपालभर १७ हजार भन्दा धेरै जोन पोइन्ट रहेका छन् । कीर्तिपुर खेल मैदानको क्षमता सिमित भएकोले शुक्रबार अगाबै पनि टिकट बिक्री रोकिन सक्ने इसेवा फोन पे. प्रालिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले बताए । साथै नेपाल र नामिबिया बिचको खेलका लागि टिकट बिक्री वितरण एकदिन अगाबै बन्द हुने इसेवाले जानकारी दिएको छ ।
२०७२ चैत २६ (April 8, 2016) मा प्रकाशित 
Read more at: https://www.bizkhabar.com/news/14343.html
Image source: eKantipur

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.