अस्पताल तथा चिकित्सालयमा QR भुक्तानी

अस्पताल तथा चिकित्सालयमा QR भुक्तानी

चिनको Wuhan बाट सुरुवात भएको कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिईसकेको छ । चिन मात्र नभई यूरोप, एसिया साथै अमेरिकाको विभिन्न स्थानमा फैलिएको यो रोगका कारण हाल सम्म मा २९,९००+ मानिसहरुले ज्यान गुमाइसकेका छन् ।
विश्व भरी नै यस रोगको संक्रमण, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य चिकित्सक, सुरक्षाकर्मी साथै औषधी विक्रेताहरु निरन्तर रुपमा लागीपरेका छन् । आफ्नो ज्यान जोखिममा राखेर भए पनि सक्दो मानिसको उपचार गर्न लागीपरेका स्वास्थ्य चिकित्सक र औषधी विक्रेताहरुलाई इसेवा हृदय देखि नै धन्यवाद व्यक्त गर्दछ ।

यसै गरी नोटबाट कोरोना भाइरस संक्रमित हुनसक्ने भनिएकाले हाम्रा ग्राहकहरुलाई नोटको प्रयोग कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न हामी आग्रह गर्दछौँ । अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै हामीले विभिन्न अस्पताल तथा चिकित्सालयमा QR भुक्तानी गर्दा ग्राहकलाई १०% क्यासब्याक (रु १५० सम्म) दिदैछौँ ।

सर्तहरु:

  • अस्पताल तथा औषधी पसलहरुमा इसेवा अथवा मोबाईल बैंकिङ्ग प्रयोग गरी Scan to Pay गर्ने ग्राहकहरुमा यो योजना लागु हुनेछ ।
  • यसरी प्रदान गरिएको क्यासब्याक ग्राहकको इसेवा खातामा ४८ घण्टा भित्र उपलब्ध गराइनेछ ।
  • यदी कुनै संकास्पद कारोबार भेटिएमा इसेवाले सो कारोबर बमोजिम क्यासब्याक नदिने अधिकार राख्दछ ।
  • यो अफर ३० अप्रिल, २०२० सम्मका लागि लागु हुनेछ ।

QR भुक्तानी कसरी गर्ने? थाहापाउनका लागि यहाँ थिच्नुहाेस्ः Scan to Pay


इसेवाकाे सुविधा र अफरहरु बारेको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.