अन्‍‍नपूर्ण पोस्‍ट्‍ र ई-सेवाको एकीकृत कारोबार सुरु

Annapurna post Agreement with eSewa

Source: अन्‍‍नपूर्ण पोस्‍ट्‍

काठमाडौं: अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक र ई-सेवा (e-Sewa)बीच एकीकृत कारोबार सुरु भएको छ। मंगलबार अन्नपूर्ण पोस्ट्को केन्द्रीय कार्यालय कर्पोरेट टावर तीनकुनेमा दुई पक्षबीच एकीकृत कारोबार सम्झौतामा हस्ताक्षर भएको हो।

अन्नपूर्ण पोस्टको तर्फबाट वितरण विभागका डेपुटी म्यानेजर विजय केसी र ई-सेवाका तर्फबाट कम्पनीका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले हस्ताक्षर गरेसँगै एकीकृत कारोबार सुरु भएको हो।

यो सम्झौतासँगै अब ई-सेवामार्फत् अन्नपूर्ण पोस्ट् दैनिकको ग्राहक बन्न सकिने छ। इच्छुक सेवाग्राहीले २४ सै घन्टा ई-सेवा प्रयोग गरेर ग्राहक बन्न सक्नेछन्। ई-सेवामार्फत् ग्राहक बन्न चाहने सेवाग्राहीको ई-सेवा एप प्रयोग गर्नुपर्नेछ। ई-सेवा एप प्रयोग नगर्ने सेवाग्राहीले ई-सेवा एजेन्टको सहयोगमा ग्राहक बन्न सक्नेछन्।

ई-सेवामार्फत् अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण एक्सप्रेस (अंग्रेजी साप्ताहिक) र अन्नपूर्ण सम्पूर्ण (साप्ताहिक) को  वार्षिक ग्राहक बनेमा छुट पाइने छ।  त्यसैगरी ई-सेवाकै ‘फोन पे’ एपमार्फत समेत क्यूआरकोर्ड स्केन गरेर ग्राहक बन्न सकिने छ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.