के तपाईलाई थाहा छ, इसेवाबाट पनि ब्लूबुक नवीकरण गर्न मिल्छ? साथै तपाईले यही बैशाख १५ देखी जेष्ठ १५ सम्म इसेवा मार्फत ब्लूबुक नविकरण गरी १००% क्यासब्याक पनि पाउन सक्नुहुन्छ । आजै ब्लूबुक नविकरण गरौं र क्यासब्याकको लाभ उठाऔं !
आजभोलीको व्यस्त समयमा ब्लूबुक नवीकरण प्रक्रिया हामी मध्य कतिलाई झन्झटको विषय लाग्न सक्छ। पहिले घरको काम छाडेर होस् वा अफिसमा बिदा लिएर, मानिसहरु यातायात कार्यालय धाएर लाइनमा बसी ब्लूबुक नवीकरण गर्नुपर्ने वाध्यतामा थिए भने इसेवाले त्यसको पनि समाधान ल्याएको छ।
नेपालमा भुक्तानी तथा महसुलको लागि लाइनबाट अनलाइनको सिस्टम भित्र्याएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीले केहि समय अघिबाट काठमाडौं उपत्यकामा बिना कुनै सेवा शुल्क अनलाइन मार्फत ब्लूबुक नवीकरण सेवा प्रदान गर्न थालेको हो। हाललाई यो सेवा केवल काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको छ ।
इसेवाको ब्लूबुक नवीकरण सेवा कसरी प्रयोग गर्ने र ब्लूबुक नवीकरण हुने सम्पूर्ण प्रक्रियाबारे जानकारीका लागि यो ब्लग पढौं है त ।
Contents
इसेवाबाट ब्लूबुक नवीकरण गर्ने तरिकाः
१. इसेवा खाता खोल्नुहोस् : आफ्नो इसेवा App वा Web मा लग–इन गनुहोस् ।
२. ब्लूबुक नवीकरण सेवा चयन गर्नुहोस् : इसेवा एपमा जानुहोस् र बीमा भुक्तानी खण्डमा भएको “Bluebook Renewal” विकल्प चयन गर्नुहोस् वा Search Bar मा गई eSewa Bluebook Renewal Service टाइप गरी प्रक्रिया अगाडि बढाउनुहोस् ।
३. आफुलाई उपयुक्त विकल्प छनोट गर्नुहोस् :
तपाईले कल मार्फत जानकारी प्राप्त गर्न चाहनुहुन्छ (Get a Call) वा आफै हिसाब गरि भुक्तानी (Calculate and Pay) गर्न चाहनुहुन्छ, आफ्नो आवश्यकता अनुसार विकल्प छनौट गर्नुहोस् ।
क) Get a Call : कल मार्फत विस्तृत जानकारी प्राप्त गरि भुक्तानी गर्दा रु.१ लाग्ने छ भने उक्त रकम तत्काल तपाईले क्यासब्याकको रुपमा फिर्ता पाउनुहुनेछ ।
ख) Calculate and Pay: तपाईले आफै हिसाब गरि आवश्यक विवरण भरी भुक्तानी प्रक्रिया आगाडी बढाउन चाहनुहुन्छ भने आफ्नो नाम र सम्पर्क नम्बरसँगै गाडीको नम्बर, रजिष्ट्रेशन मिति लगायतका अन्य आवश्यक विवरणहरु भरेर भुक्तानी प्रक्रियाको लागि अघि बढाउन सक्नुहुनेछ।
४. प्रक्रिया पूरा गर्नुहोस्: सम्पूर्ण विवरण राखि सकेपछि आवश्यक प्रक्रिया पूरा गरी रु. १ भुक्तानी गर्नुहोस् जुन तपाईकै वालेटमा फिर्ता आउनेछ ।
५. ब्लूबुक संकलन: भुक्तानी सफल भएपछि इसेवाका एक जना आधिकारिक प्रतिनिधिले तपाईले प्रदान गर्नु भएको पिक–अप लोकेशनबाट तपाईको ब्लूबुक संकलन गर्नेछन् । ब्लूबुक पिकअप गर्दा तपाईलाई इसेवाबाट रसिद पनि दिइने छ ।
७. ब्लूबुक प्राप्त गर्नुहोस्: तपाईले ब्लूबुक नवीकरण गर्न दिनुभएको ३ देखि ४ कार्य दिन पश्चात नवीकरण प्रक्रिया पुरा भए पछि तपाईलाई उक्त नवीकरण गरिएको ब्लूबुक बुझाउने छन् ।
यसरी इसेवाबाट ब्लूबुक नवीकरण गर्नुका फाइदाहरू
१. सरल तथा सुलभः इसेवा मार्फत ब्लूबुक नवीकरणको प्रक्रिया सजिलै र छिटो हुन्छ र तपाई कुनै अफिस वा बैंकमा घण्टौं लाइनमा बस्नु पर्दैन ।
२. सुरक्षित र भरपर्दो: नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रदायकको रुपमा इजाजतपत्र प्राप्त इसेवा एक सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी प्रणाली हो । यसले झन्झटमुक्त, सुरक्षित र तत्काल भुक्तानी सेवा प्रदान गर्दछ साथै आफ्नो ग्राहकहरुको गोपनीयता लगायतका सुरक्षा मापदण्डलाई प्राथमिकतामा राख्दछ ।
३. घर तथा अफिसबाटै सेवाः घरमा आराम गर्दै होस् वा अफिसको व्यस्त दिनबाट केही मिनेट निकालेर अब इसेवा प्रयोग गरि घर तथा अफिसबाट सजिलै गाडीको ब्लूबुक नवीकरण गर्नुहोस् ।
नेपाल सरकार तथा यातायात मन्त्रालयको नियमअनुसार सवारी साधनको तेस्रो पक्षको बीमा अनिवार्य रहेकोले इसेवाले हिमालयन एभरेस्ट इन्स्योरेन्स (HEI) सँगको सहकार्यमा Third Party र Full insurance तेस्रो पक्षको बीमा सेवा पनि प्रदान गर्दै आएको छ ।
सवारी साधन अनुसारको बीमा शुल्क, कर तथा नविकरण शुल्क सम्बन्धी सम्पूर्ण विवरण यस प्रकार रहेका छन्ः
सवारी साधको प्रकार |
सीसी |
रकम (रु) |
बीमा (ने.रु.) |
नवीकरण शुल्क |
जम्मा (रु) |
मोटरसाइकल / बाइक, स्कुटर |
१२५ सीसी सम्म |
३००० |
१७०५ |
३०० |
५००५ |
१२६ सीसी – १४९ सीसी |
५००० |
१७०५ |
३०० |
७००५ |
|
१५० सीसी – २२५सीसी |
६५०० |
१,९३१ |
३०० |
८७३१ |
|
२२६ सीसी – २४९सीसी |
१२००० |
१९३१ |
३०० |
१४२३१ |
|
२५०सीसी – ४००सीसी |
१२००० |
२,१५७ |
३०० |
१४४५७ |
|
४००सीसी –६५०सीसी |
२५००० |
२,१५७ |
३०० |
२७४५७ |
|
६५१सीसी माथी |
३५००० |
२,१५७ |
३०० |
३७४५७ |
सवारी साधको प्रकार |
सीसी |
रकम (रु) |
बीमा (ने.रु.) |
नवीकरण शुल्क |
जम्मा (रु) |
|
|
||||||
कार / जीप / भ्यान / माइक्रोबस |
१००० सीसी सम्म |
२२००० |
७३५५ |
५०० |
२९८५५ |
|
१००१ सीसी – १५०० सीसी |
२५००० |
८,४८५ |
५०० |
३३९८५ |
|
|
१५०१ सीसी – १६०० सीसी |
२७००० |
८,४८५ |
५०० |
३५९८५ |
|
|
१६०१ सीसी – २००० सीसी |
२७००० |
१०,७४५ |
५०० |
३८२४५ |
|
|
२००१ सीसी – २५०० सीसी |
३७००० |
१०,७४५ |
५०० |
४८२४५ |
|
|
२५०१ सीसी – ३००० सीसी |
५०००० |
१०,७४५ |
५०० |
६१२४५ |
|
|
३००१ सीसी – ३५०० सीसी |
६५००० |
१०,७४५ |
५०० |
७६२४५ |
|
|
३५०१ सीसी भन्दा माथी |
७०००० |
१०,७४५ |
५०० |
८१२४५ |
|
सवारी साधको प्रकार |
सीसी |
रकम (रु) |
बीमा (ने.रु.) |
नवीकरण शुल्क |
जम्मा (रु) |
|
५० W सम्म |
१००० |
१,७०५ |
३०० |
३००५ |
इलेक्ट्रिक मोटरसाइकल/ स्कुटर |
५१ W – ३५१ W |
१५०० |
१,७०५ |
३०० |
३५०५ |
|
३५१ W – ८०० W |
१५०० |
१,९३१ |
३०० |
३७३१ |
|
८०० W – १०००W |
१५०० |
१,९३१ |
३०० |
३७३१ |
|
१००१ W – १२०० W |
२००० |
१,९३१ |
३०० |
४२३१ |
|
१२०० W – १५०० W |
२००० |
२,१५७ |
३०० |
४४५७ |
|
१५०१ W – भन्दा माथी |
३००० |
२,१५७ |
३०० |
५४५७ |
सवारी साधको प्रकार |
सीसी |
रकम (रु) |
बीमा (ने.रु.) |
नवीकरण शुल्क |
जम्मा (रु) |
इलेक्ट्रिक कार/जीप/भ्यान/माइक्रोबस |
१० KW – २० KW |
५००० |
७,३५५ |
५०० |
१२८५५ |
२१ KW – ५० KW |
५००० |
८,४८५ |
५०० |
१३९८५ |
|
५० KW – १२५ KW |
१५००० |
८,४८५ |
५०० |
२३९८५ |
|
१२५ KW – २०० KW |
२०००० |
८,४८५ |
५०० |
२८९८५ |
|
२०० KW भन्दा माथी |
३०००० |
८,४८५ |
५०० |
३८९८५ |
जरिवाना |
% |
० – ९० दिन |
५.००% |
९१ दिन – १२० दिन |
१०.००% |
सोही आर्थिक वर्ष सम्म |
२०.००% |
५ वर्ष सम्म (प्रति/वार्षिक) |
३२.००% |
नविकरण शूल्क |
१००.००% |
शर्त र नियमहरू
- अनलाइनमा देखाइएको नवीकरण कर र यातायात कार्यालयमा भुक्तानी गर्नुपर्ने कर रकममा केही फरक हुन गएमा, नेपाल सरकारद्वारा निर्धारित गरिएको रकम सरकारी रसिदमा नै उल्लेख गरिएको हुनेछ सोही अनुरुप ग्र्राहकहरुले भुक्तानी गर्नुपर्ने हुन्छ । यदि अनलाइन भुक्तानी गर्ने क्रममा ग्राहकले अधिक भुक्तानी गरेको खण्डमा रकम फिर्ता हुनेछ भने अपुग भएको अवस्थामा अपुग रकम थप गरी यातायात कार्यलयमा भुक्तानी गर्नु पर्नेछ ।
- अनलाइन ब्लूबुकको नवीकरण पुरा हुन संकलन देखि डेलिभरीसम्मको सम्पूर्ण प्रक्रियामा सामान्यता ३ देखि ४ कार्य दिन लाग्नेछ ।
- ब्लुबुक नवीकरणसँगै तेस्रो पक्ष बीमा गरेका सावेग्राहीहरुको हकमा मात्र सेवा निःशुल्क हुनेछ । त्यसै गरि पहिला नै इन्स्योरेन्स गरिसकेको हकमा बिमा अवधि १ महिना बाँकी भएको हुनपर्नेछ भने सो को सेवा शुल्क रु २५०।– लाग्नेछ ।
- अनलाइनमा उल्लेख गरिएको कर दरहरू केवल बागमती प्रदेशका लागि निर्धारण गरिएको हुनाले अन्य प्रदेशहरूको हकमा कर दर फरक हुन सक्नेछ ।
- ग्राहकहरुले ब्लूबुक नवीकरण गर्न दिएको ३ देखि ४ कार्य दिन भित्र कुनै पनि जरिवाना लगेको खण्डमा इसेवा जिम्मेवार हुने छैन ।
- ब्लुबुक पिकअप तथा डेलिभरीको समयमा सबै कागजात तथा इसेवाद्वारा दिइएको रसिदहरू पुनः जाँच गरेर मात्र लिन सम्पूर्ण ग्राहकमा इसेवा अनुरोध गरिन्छ ।
- यो सेवा हाल काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको छ ।
- ब्लूबुकको कागजात पिक–अप र डेलिभरीका लागि तपाईको सम्पर्क विवरण तेस्रो पक्षलाई दिइने छ ।
यदि तपाई आफ्नो सवारी साधनको Full insurance गर्न इच्छुक हुनुहुन्छ भने, कृपया हाम्रो WhatsApp number 9779708072441 वा इसेवाको Toll-Free Numbers 1660-0102121 (NTC), 1810-21-02121 (NCELL) मा सम्पर्क गरि सेवाको बारे जिज्ञासा राख्न सुक्नुहुन्छ ।