इसेवा मर्चेन्ट अफर: व्यवसाय पनि, उपहार पनि !

इसेवा मर्चेन्ट अफर

इसेवा मर्चेन्ट अफर – व्यवसाय पनि, उपहार पनि !

आजको समयमा डिजिटल प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ। अब बैंक जाने झन्झट, नगद खोज्ने समस्या पुरानो भई सक्यो । QR मार्फत भुक्तानीले व्यापार व्यवसायलाई सहज र स्र्माट बनाएको छ । यही प्रविधिलाई अझ प्रभावकारी बनाउन इसेवाले आफ्ना मर्चेन्टका लागि ल्याएको छ एउटा आकर्षक अफर।

यो अफर २०८२ सालको जेष्ठदेखि असार महिनासम्म लागू हुनेछ । यस अवधिमा QR कोड मार्फत भुक्तानी लिने व्यवसायीहरूले हरेक हप्ता र २ महिनाको अवधीमा विभिन्न उपहार जित्ने मौका पाउने छन्। यस अफर अन्तरगत हरेक हप्ता १ जना QR कोड मार्फत भुक्तानी लिने व्यवसायीले रु. १२,००० बराबरको Home Appliance वा Internet Payment जित्न सक्नुहुने छ । यति मात्र नभइ, एक जना भाग्यमानी मर्चेन्टले पहिलो महिनामा जित्न सक्नुहुनेछ ६०,०००।– बराबरको Fridge , र दोस्रो महिनामा ८०,०००।– मूल्य बराबरको Washing Machine जित्ने अवसर प्राप्त हुनेछ भने यसको घोषणा साउन महिनाको पहिलो हप्तामा गरिने छ । यस अफरमा सहभागी हुन निकै सजिलो छ ।

इसेवा मर्चेन्ट अफरका मुख्य शर्तहरू:

  • हरेक हप्ता कम्तीमा ३ पटक QR मार्फत कारोबार अनिवार्य गर्नुपर्ने छ
  •  प्रत्येक कारोबार रु. १०० वा सोभन्दा बढीको हुनुपर्छ
  •  विजेताहरू लक्की ड्र बाट चयन गरिनेछन्
  •  नक्कली कारोबार, वा नियम उल्लंघन भएमा मर्चेन्ट अफरमा सहभागी हुन अयोग्य ठहरिनेछ
  •  अफर केवल नयाँ मर्चेन्टहरूका लागि मात्र उपलब्ध रहेको छ
  •  उपहारमा लाग्ने २५% TDS विजेताले तिर्नुपर्नेछ

आजको समयमा व्यापारलाई डिजिटल बनाउनु अत्यावश्यक भइसकेको छ। मोबाइलमार्फत सजिलै, सुरक्षित र पारदर्शी रूपमा भुक्तानी लिन सकिने सुविधा भएकोले व्यवसाय सञ्चालन गर्न अझ सरल हुन्छ। यस्तो प्रविधिको प्रयोगले ग्राहकको भरोसा जित्न सहयोग गर्छ र सेवा प्रक्रियालाई पनि व्यवस्थित बनाउँछ। त्यसैले तपाईं व्यवसायमा सक्रिय हुनुहुन्छ भने अहिले नै इसेवामा मर्चेन्टको रूपमा दर्ता भएर QR कोड प्रयोग गर्न थाल्नुहोस् र डिजिटल यात्राको थालनी आजै गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.