हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. कोरोना भाइरस  COVID-19 रोग बिमालेख

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि.

कोरोना भाइरस  COVID-19 रोग बिमालेख

अनूसुचीमा उल्लेख भएको प्रस्ताव तथा उद्घोषणलाई यस करारको आधार मान्ने गरी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड (यस पछि बीमाक भनिएको) ले प्राप्त गरेको र यस अनूसुचीमा उल्लेख गरे बमोजिम बीमाशूल्क भूक्तानी पनि प्राप्त भएकोले;

अनूसुची बमोजिम बीमाशूल्क भूक्तानी गरेबापत कोरोनाभाइरस(COVID-19) रोग लागेको अवस्थामा र भूक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणिात भएको अवस्थामा यस करारको अधिनमा रहि यस बीमालेख बमोजिमका रकम बीमकले भूक्तानी दिनेछ ।

यस बीमालेखको अनूसुची, लाभको तालिका,परिभाषा, अपवादहरु र शर्तहरु यस करानामाको अभिन्न अग मानिनेछ ।

परिभाषा

बीमितराेग: रोग भन्नाले बीमित व्यक्ति कोरोना भाइरसबाट संक्रमित भई यसको लागि नेपाल सरकार, स्वास्थ मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनूसारका Polymerase Chain Reaction (PCR) Test (पिसिअार परिक्षण) गरी सम्बन्धित चिकित्सकबाट काेराेना भाइरस (COVID-19) राेग लागेकाे पुष्टी भएमा ।

चिकित्सक: चिकित्सक भन्नाले नेपाल मेडिकल काउन्सिल (Nepal Medical Council) बाट चिकित्सककाे कार्य गर्न नियम बमाेजिम ईजाजत प्राप्त व्यक्तिलाई बूझाउँदछ।

बीमित व्यक्ति: बीमालेखको अनूसुचीमा नाम उल्लेख भएको व्यक्ति वा व्यक्तिहरलाई बूझाउँदछ।

इच्छाएको व्यक्ति: बीमित व्यक्तिको पिसिआर परीक्षण Polymerase Chain Reaction (PCR) Test Positive भई काेराेना भाइरस (COVID-19) राेग निदान भएपछि यस बीमालेख अन्तर्गत दाबी रमक प्राप्त गर्नकाे लागि बीमित व्यक्तिद्वारा इच्छाएकाे व्यक्ति वा व्यक्तिहरू । यदि बीमित व्यक्ति नाबालक भएमा, बीमित व्यक्तिकाे संरक्षकद्वारा मनाेनित व्यक्ति ताेकिने छ । इच्छाइएका व्यक्ति नभएमा प्रचलित बीमा ऐन बमोजिम हुनेछ ।

बीमा अवधि: यस बीमालेखको अनूसुचीमा उल्लेख भए अनूसार बीमा शूरू हूने मिति र समय देखि बीमा समाप्त हूने मितिको मध्यरात सम्मको अवधि ।

सार्वजनिक निकाय: सार्वजनिक निकाय वा अधिकार प्राप्त निकाय भन्नाले कानुन लागू गर्नरगराउन सक्ने, कब्जामा लिन सक्ने, आदेश जारी गर्न सक्ने, छानबिन वा निर्णय न्याय गर्न सक्ने कूनै सरकारी, अर्धसरकारी, कानुनी संवैधानिक निकाय वा नियम कानुन बमोजिम अधिकार प्राप्त संस्थालाई बूझाउदछ ।

दाबी भूक्तानीः

यस बीमालेखका शर्त, अवस्था तथा अपबादहरको अधिनमा रही माथि उल्लेखित रोगको संक्रमण भएमा बीमालेखको अनूसुचीमा उल्लेख भएको बीमाड्ढ रकम बीमितलाईरदाबी भूक्तान नहूदै बीमितको मृत्यू भएमा बीमितको ईच्छाइएकोव्यक्ति वा कानुनी हकदा?लाई दाबी भूक्तानी दिइने छ ।

दाबी फछ्र्यौट विधिः

यस बीमालेख अन्तर्गत बीमित घटनाबाट दावी पर्ने अवस्थामा ७ (सात) दिन भित्र बीमकलाई निम्न कागजातहर सहितलिखित सुचना दिनू पर्नेछः

दाबी फछ्र्यौट प्रयोजनका लागि निम्न अनूसारका कागजातहर पेश गर्नू पर्नेछः

१. बीमितको नाम, रोग शूरु भएको मिति र विवरण,
२. पुर्ण रुपमा भरिएको दाबी फारम,
३. कोरोना रोग पूष्टि भएकोे परीक्षणको सम्पुर्ण कागजपत्रहरका साथै अस्पताल भर्ना भएको अवस्थामा भर्ना भएको वा फिर्ता गर्ने समयमा दिने कागज (Discharge Certificate) वा अस्पताल वा चिकित्सकले दिएको कागज ।

दाबी नलाग्ने अवस्था (अपबाद):

१. बीमालेख शूरु हुनु भन्दा पहिले देखि कोरोना भाइरस (COVID-19) रोग संंक्रमण रहेको र बीमालेख शूरु भएको १५(पन्ध्र) दिन भित्र संंक्रमित भएको अवस्थामा दाबी नलाग्ने,
२. कोरोना संक्रमण बाहेक अन्य कूनै रोगहरु लागेको अवस्थामा दाबी नलाग्ने ।

बीमा अवधिः

यस बीमालेखको अवधि बीमालेख शूरु भएको मितिदेखि १२(बाह्र) महिना सम्म हूनेछ । दाबी परिसकेपछि यो बीमालेख स्वतस्समाप्त भएको मानिनेछ । तर, पारिवारिक वा सामुहिक बीमालेखको सम्बन्धमा दाबी परेको व्यक्तिको हकमा मात्र बीमालेख समाप्त हूनेछ र अन्य व्यक्तिको बीमालेख बीमा अवधिसम्म चालू रहने छ ।

बीमालेखका शर्तहरुः

१. उमेरको हद

यस बीमालेख अन्तर्गत समावेश हून तथा कूनै लाभ प्राप्त गर्न, बीमित व्यक्ति ३ महिना देखि ९९ बर्ष ननाघेको हूनूपर्नेछ ।

२. अभिलेखको निरिक्षण

यस बीमालेखको बीमा अवधि भित्र बीमकले कूनै पनि समय यस बीमालेखसँग सम्बन्धित बीमितको अभिलेख (Records) को निरिक्षण गर्न सक्नेछ । यस बीमालेख अन्तर्गतको दाबी प्रकृया रदाबी फछ्र्यौट कार्य संग सम्बन्धित तथ्याड्ढ, कागजपत्रहरको परीक्षण, प्रमाणीकरणको लागि बीमितको कूनै वा सबै प्रतिनिधि अन्तरक्रिया गर्ने अधिकार बीमकसँग हूनेछ ।यस काममा बीमितले बीमकलाई आवश्यक सहयोग गर्नू पर्नेछ ।

३. भौगोलिक सिमितता

यो बीमालेख नेपालभित्र बसोबास गरेको अवस्थामा मात्र लागू हूनेछ । बीमित व्यक्ति नेपाल बाहिर रहेको अवस्था बीमालेख निस्क्रीय हूनेछ । विदेशबाट नेपाल पूनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिनपछि बीमा अवधि समाप्त हूने समयसम्मको लागि बीमालेख स्वतःपूर्नजागरण हूनेछ ।

४. बीपालेखका सर्तहरूकाे पालना

बीमितले पालन वा अनूसरण गर्नू पर्ने कार्यसंग सम्बन्धित अवस्थामा यस बीमालेखका शर्त तथा नियम र बन्देजहरुको अनूसरण र परिपालन गर्नू बीमितको कर्तव्य हूनेछ ।

५. सावधानी
बीमित ब्यक्तिले आफुलाई कोरोना भाइरस (COVID-19) रोग संंक्रमण लाग्न नदिन उचित सावधानी अपनाउनू पर्नेछ ।

६. विशेष व्यवस्था
यस बीमालेखमा राखिएको, दरपीठ गरिएको वा भिन्दै प्रलेखको रुपमा बीमालेखमा संलग्न गरिएको बिशेष व्यवस्था यसै बीमालेखको भाग मानिनेछ ।

७. जालसाज यूक्त दावी

कुनै दावी जालसाजीपुर्ण भएमा वा त्यस सिलसिलामा भूmट्टा बयान दिई बीमितले वा निजको तर्पmबाट काम गर्ने कूनै व्यक्तिले यस बीमालेख अन्तर्गत कूनै लाभ उठाउन खोजेमा वा जानी जानी बीमित वा अन्य कूनै व्यक्तिको मिलेमतोमा कूनै दावी सिर्जना गरेमा बीमित यस बीमालेखको सबै लाभबाट बन्चित हूनेछ ।

८. बीमालेखमा विवाद

यस बीमालेख अन्तर्गत कूनै मतभेद उत्पन्न भएमा प्रचलित बीमा ऐन बमोजिम हूनेछ ।

९. नविकरण सुचना

बीमितले चाहेको अवस्थामा बीमकले यो बीमालेख नविकरण गर्न सक्नेछ । तर, नविकरण गर्न वा बीमाशूल्क तिर्न बाँकी छ भनी सुचना पठाउन बीमक बाध्य हूने छैन ।

१०. सुचनाहरु

यस बीमालेख अन्तर्गतका सुचना, निर्देशन वा आदेश लिखित रुपमा हूलाक मार्फत, इमेल, फ्याक्स वा हस्ते पठाउनु पर्नेछ ।

११. ग्राहक सेवा

बीमितलाई कूनै स्पष्टिकरण वा सहयोग चाहिएमा कार्यालय समय भित्र बीमकको कार्यालयमा सम्पर्क गर्न
सक्नेछ ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.