हवाई यात्रा गर्दा अपनाउनु पर्ने नियमहरु

अहिले हवाई सेवा पुन: सुचारु गरिएको छ । कोविडको माहामारीका अवस्थामा हामी सबैको सहजताका लागि सुचारु गरिएको यस व्यवस्थालाई मध्य नजर गर्दै हामी सबै सजग भइ यात्रा गर्नु आवश्यक छ ।

हवाई यात्रा गर्दै हुनुहुन्छ भने यात्रुहरुले तल उल्लेखित नियमहरु अनिवार्य रुपमा पालना गर्नु पर्ने हुन्छ ।

कोविड – १९ को अवस्थामा सुरक्षित यात्राको लागि अपनाईएको केही नियमहरु:

१. सत्तरी (७०) वर्ष माथीका वृद्ध, दीर्घ रोगी र गर्भवती महिलालाई सकेसम्म यात्रा नर्गन अनुरोध गरिन्छ ।

२. यात्रुहरुलाई उडान हुनु भन्दा २ घण्टा अगाडि नै विमानस्थलमा आउन अनुरोध गरिन्छ ।

३. सम्पूर्ण यात्रुहरुको शरीरको तापक्रम चेक जाँच गरेरमात्र विमानस्थल र वायुयानमा प्रवेश दिईने छ ।

४. यात्रुहरुले विमानस्थलमा र वायुयानमा अनिवार्य रुपमा मास्क लगाई रहनु पर्नेछ ।

५. कोविड–१९ का संक्रमित तथा यसका लक्षण भएका व्यक्तिहरुलाई यात्रामा प्रतिबन्ध लगाइएको छ ।

६. यात्रुहरुले विमानस्थलभित्र रहँदा, सुरक्षा जाँचको क्रममा, चेक–ईन काउण्टरमा पालो पर्खँदा, विमान

चढ्दा, ओर्लदा र सामान संकलन गर्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नु पर्नेछ ।

७. यात्रुहरुले विमान चढ्नु अगाडि ह्याण्ड स्यानिटाईज लगाई मास्क तथा फेस भाईजरको लगाउन

अनिवार्य गरिएको छ ।

८. यात्रुहरुलाई क्याविनमा सानो हाते झोला बाहेक अन्य झोलाहरु लैजान निषेध गरिएको छ ।

९. हरेक यात्रुहरुले विमानस्थलबाट यात्रा गर्नु अगाडि विभिन्न फारामहरु अनिवार्य रुपमा भर्नुपर्ने छ ।

यसका लागि आवश्यक कलम सकेसम्म आफैले ल्याउन अनुरोध गरिएको छ ।

१०. यात्रुहरुको लगेज तथा सामान निसंक्रमण गरेर मात्र विमानमा लोड गरिने छ ।

११. अर्को सूचना जारी नभए सम्म विमानबाट घरपालुवा जनावरहरु ओसारपसार गर्न रोक लगाईएको छ ।

१२ यात्रुहरुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने र ओराल्ने व्यवस्था गरिने छ ।

१३. विमानको क्याविन, र्‍याम्प बस, ब्यागेज ट्रली प्रत्येक प्रयोग पश्चात निसंक्रमण गरिन्छ ।

१४. यसअघि विमानभित्र उपलब्ध भएका सेवाहरु हाललाई स्थगित गरिएको छ ।

१५. विमान भित्र हाललाई शौचालयको प्रयोग गर्न, बसिसकेपछि हिडडुल गर्न र अनावश्यक रुपमा यताउती

छुन रोक लगाइएको छ ।

१६. संक्रमण रोकथामका लागी उल्लेखित नियमहरुको अनिवार्य पालना गर्नु सबैको कर्तव्य हो अन्यथा

कानूनी कार्वाहीको भागिदार हुनेछ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

10 thoughts on “हवाई यात्रा गर्दा अपनाउनु पर्ने नियमहरु

    1. नमस्ते सर,
      उडानकाे दरहरू एयरलाइन कम्पनीहरूले तय गर्नुहुनाले यसकाे लागि इसेवा एपकाे एयरलाइन वा बस टिकटमा गइ हेर्नहुन अनुराेध गर्दछाैँ ।
      एपका लागिः bit.ly/eSewa_App

  1. कोरोना हौगुजीका लागि यति धेरै नियम, भ्रष्टाचारी सरकारको काम दूनिया यात्रु र व्यवसायीलाई सास्ती हैन र यो ?

Comments are closed.