शिक्षक सेवा आयोगको दस्तुर भुक्तानी प्रक्रिया

शिक्षक सेवा आयोगको माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन -२०८० दस्तुर अब सजिलै इसेवाबाट बुझाउनुहोस् र अनुमति पत्र भरेर  बुझाउन लाग्ने समयमा आफ्नो परीक्षाको तयारी गर्नुहोस्। 

प्रक्रिया निम्नानुसार लिखित छ:

१) सर्वप्रथम आयोगको आधिकारिक दरखास्त प्रणाली https://online.tsc.gov.np/ मा जानुहोस् । 

२) लग-इन गरि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको विवरण,तालिमको विवरण र संलग्न कागजातहरुको विवरण पुरा भर्नुहोस् । 

३) “हाल खुलेका विज्ञापनहरु” खन्डमा जानुहोस् र आफुले आवेदन दिन चाहेको विज्ञापनको दाँयामा रहेको Apply Now मा थिच्नुहोस् । 

४) आवश्यक विवरण भर्नुहोस् 

५) दस्तुर बुझाउन पृष्‍ठको अन्त्यमा रहेको “परीक्षा शुल्क जम्मा गर्न बैंक छनोट गर्नुहोस्” मा गएर राष्ट्रिय वाणिज्य बैंक अथवा नेपाल बैंक छान्नुहोस् । 


६) अब तपाईंले चित्रमा देखाए बमोजिमको भौचर प्राप्त गर्नुहुनेछ । 

७) पृष्‍ठको अन्त्यमा रहेको अनलाइन भुक्तानी गर्नुहोस् छान्नुहोस् । 

८) आफ्नो विवरण रुजु गरी eSewa छान्नुहोस् र भुक्तानी सम्पन्न गर्नुहोस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

3 thoughts on “शिक्षक सेवा आयोगको दस्तुर भुक्तानी प्रक्रिया

Comments are closed.