आजैबाट आफ्नो व्यवसायमा QR Code राखी डिजिटल माध्यमबाट भुक्तानी लिनुहोस् ।

scan to pay using QR code 3

Contents

QR Code भुक्तानी के हाे ?

Scan to pay QR codesQR कोड भुक्तानी भन्नाले नगद रहित काराेबार गर्नका लागि व्यवसायीहरूलाई दिइने एक प्रविधि हाे जस मार्फत ग्राहकहरूले आफ्नाे माेबाइल बैंकिङ्ग वा इसेवाबाट सहजै स्क्यान गरी भुक्तानी गर्न सक्नुहुनेछ । यो प्रबिधीबाट रकम भुक्तानी गर्न नगद रकम बोकिराख्नु पर्दैन । तपाईंकोमा आउने ग्राहकहरुले आफ्नो मोबाइल फोन मार्फत तपाईं कहाँ रहेको QR Code स्क्यान गरेर तिर्नु पर्ने रकम तपाईंलाई विद्युतीय रुपमा तिर्नेछन जस्को जानकारी तपाईंलाई तुरुन्तै SMS मा प्राप्त हुनेछ ।

QR Code सुबिधा लिन कति शुल्क तिर्नु पर्छ ?

QR Code सुबिधा हाल निशुल्क रहेको हुँदा यो सेवा प्रयोग गरे बापत तपाईंले अनी तपाईंकहां रकम भुक्तानी गर्न आउने ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन ।

QR काेड कसरी पाउने भनि साेच्दै हुनुहुन्छ ?

QR TVCहाम्रा सम्पूर्ण इसेवा एजेन्टहरूका लागि हामीले अहिलेकाे प्रतिकुल अवस्थालाई हेरेर व्यवसायिक QR काेड तपाईंहरूकाे इसेवा एप भित्रै प्रदान गरेका छाैँ। आफ्नो इसेवा एजेन्ट खाता खोली Scan to Pay आइकनमा थिच्नुहोस्, त्यहाँ तपाईंले दाहिने पट्टी Business QR देख्न सक्नुहुनेछ । Business QR मा थिची तपाईंको व्यवसायका लागी तयार गरिएको युनिक QR डाउन्लोड गर्नुहोस् र यसलाई प्रीन्ट गरी सजिलै QR भुक्तानी लिन थाल्नुहोस्।

थप जानकारीका लागि तल देखाइएकाे भिडियाे हेर्नुहाेस्ः

इसेवा एप भित्र QR Code देखिएन ?

यदि तपाईंले आफ्नो इसेवा एप भित्र व्यवसायिक QR कोड पाउनुभएकाे छैन भने तल दिएकाे फारम भर्नुहाेस् ।तपाईंले फारम भर्नुभएकाे ४८ घण्टा भित्र हाम्रो प्रतीनिधिले तपाईंलाई सम्पर्क गर्नुहुनेछ ।

फारम भर्नका लागि यहाँ देखाइएकाे फारम भर्नुहाेस्ः

QR बाट भुक्तानी लिनुभएकाे रकम कसरी हेर्ने र कसरी बैंक खातामा पठाउने?

QR बाट भुक्तानी लिनुभएकाे रकम सजिलै तपाईंले fonepay Merchant App मार्फत हेर्न सक्नुहुनेछ । त्यसै गरी प्राप्त गर्नुभएकाे रकम हरेक दिन राती १२ बजे पछी आफै तपाईंकाे बैंक खाता वा इसेवा खातामा जम्मा हुनेछ। साथै fonepay Merchant App मार्फत आफुले चाहेकाे समयमा रकम आफ्नाे बैंक वा इसेवा खातामा ट्रान्सफर गर्न सक्नुहनेछ । यस बारे थप जानकारीका लागि याे भिडियाे हेर्नुहाेस्ः

 

QR Code मार्फत भुक्तानी लिँदाका फाईदाहरु के के हुन् ?

  • विद्युतीय कारोबार हुनाले चुस्त अनि सुरक्षित हुने । 
  • खुद्रा पैसाको झन्झट नहुने । 
  • नगद चोरी हुने र हराउने जस्ता झन्झटबाट छुटकारा । 
  • रकम प्राप्त भएको जानकारी तुरुन्त SMS बाट प्राप्त हुने । 
  • QR मार्फत भुक्तानी लिँदा नोट मार्फत संक्रमण हुन सक्ने जोखिमबाट सुरक्षित र डरमुक्त भइने । 
  • प्राप्त रकम स्वत: आफ्नो बैंक खाता अथवा इसेवा खातामा दिनको अन्त्यमा जम्मा हुने, साथै आफूले चाहेको खण्डमा जुनसुकै समयमा पनि रकम जम्मा गर्न सकिने । 
  • नेपाल सरकारले ल्याएको विद्युतीय भुक्तानीमा १०% VAT रकम फिर्ता मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिन सकिने । 
  • fonepay Merchant app बाट आफुले प्राप्त गरेको रकमको Statement हेर्न र बैंक (अथवा इसेवा) मा जम्मा भएको रकमको विवरण हेर्न सकिने । 
  • fonepay सन्जालमा आबद्ध ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रयोगकर्ताहरुले सजिलै भुक्तानी लिन सकिने । 

के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । 

कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस् । 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.