मानव सेवा आश्रमलाई सहयोग पुर्याउनुहोस्

मानव सेवा आश्रमले २०७३ साल देखि खुल्ला आकाशमुनी सडकजीवन बिताउन विवस भएका अनाथ, अपाङ्ग, अशक्त, असहाय तथा सहयोगापेक्षी नेपालीहरुलाई सहयोग गर्दै आएको छ । यि मानिसहरुको उद्धार, उपचार, पालन पोषण, संरक्षण तथा पारिवारिक पूर्णमिलनको व्यवस्थापनका लागि यो संस्थाले निरन्तर रूपमा काम गरिरहेको छ । हाल, यो संस्था काठमाडौं, गोरखा, कास्की, हेटौंडा लगायत १६ वटा जिल्लामा कार्यारत छ, र भविष्यमा ७७ वटै जिल्लाहरुमा विस्तार गर्ने योजना लिएर अगाडी बढी रहेको छ ।

मानव सेवा आश्रमले नेपालभरका सडकजीवन बिताउन विवश भएका असहाय मानवहरुलाई सहयोग गरी २०८२ सालभित्र नेपाललाई सडकमानव रहित घोषणा गराउने उद्देश्य लिएकाे छ।

तपाईंको सानो सहयोगले नेपालको कुनै पनि मानिस भोकै, असहाय रूपमा रहनु नपर्ने अवस्था सिर्जना गर्नमा मद्दत पुराउनेछ । तसर्थ, आजै मानव सेवा आश्रमलाई सहयोग गरी योग्दान पुर्याउनुहोस् । सहयाेग पुर्याउनकाे लागि इसेवा एपमा गइ “Manav Sewa Ashram” लेख्नुहाेस् र आफूले चाहेकाे रकम सहयाेग गर्नुहाेस् ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.