महाकाली यातायातको बस टिकट अनलाईन काट्न सकिने

महाकाली यातायातको बस टिकट अनलाईनमा

यात्रुहरुले बसको टिकट काट्नका लागि काउन्टर सम्म गई लाईन बस्ने कष्ट सहन नपरोस भन्ने उद्देश्य लिएको बससेवाले धेरै भन्दा धेरै गन्तव्यहरुको अनलाईन बस टिकटिङ्ग सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । बससेवा नेपालकै पहिलो अनलाईन बस टिकटिङ्ग सेवा प्रदायक हो जसले थुप्रै यातायात कम्पनीसँग आवद्ध रही अनलाईन टिकटिङ्ग प्रदान गर्दै आएको छ । यसै क्रममा बससेवाले महाकाली यातायात सँग समन्वयन गर्न सफल भएको छ । महाकाली यातायातले आफ्नो ६०० भन्दा बढी सवारी साधन मार्फत सुदूरपश्चिमका जिल्लाहरुमा यातायात सञ्चालन गर्दै आएको छ । महाकाली यातायातको बस टिकट अनलाईन काट्न सकिने भए पश्चात अब यात्रुहरु महेन्द्रनगर देखि काठमाडौं, पोखरा र बुटवलका टिकट काट्नको लागि काउन्टर सम्म पुग्ने झन्झटबाट मुक्त भएका छन् ।

उल्लेखित गन्तव्यहरुको टिकट बससेवाको आफ्नै वेबसाईटका साथै इसेवाको मोबाईल एप तथा इसेवाको वेबसाईटबाट सजिलै काट्न सकिन्छ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.