प्रथम अन्तराष्ट्रिय वालेट टु वालेट रेमिट्यान्स सेवा नेपाल र मलेसिया बिच सुचारु

प्रथम अन्तराष्ट्रिय वालेट टु वालेट रेमिट्यान्स सेवा नेपाल र मलेसिया बिच सुचारु

ईसेवा मनी ट्रान्सफरले Valyou सँगको साझेदारीमा मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको छ । यससँगै, ईसेवा मनी ट्रान्सफरले मलेसिया र नेपाल बिचको पहिलो अन्तर्राष्ट्रिय वालेट ट्रान्सफर सेवा सुरु गर्‍यो। वालेट टु वालेट ट्रान्सफर को साथै मलेसियाबाट सिधै बैंक खातामा अथवा नगद कारोबार पनि गर्न सकिनेछ ।

सेवा विस्तार भए सँगै  ईसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री अजेश कोइराला ज्यूले भन्नुभयो ,

“हालको परिस्थितिमा जब सारा संसार लकडाउनको असरमा छ, हामीले सुरु गरेको यो सेवाले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदि बहिनीलाई टेवा पुर्याउने छ भन्ने आशा गरेका छौँ ।हाल हामीले मलेसिया र जापानमा सेवा सुरु  गरिसकेका छौं र छिट्टै अन्य देशहरूमा हाम्रा सेवाहरू विस्तार गर्ने आशा राखेका छौं ”  

ईसेवा मनी ट्रान्सफर नेपालमा आधारित रेमिट्यान्स सेवा हो,जुन विदेशमा रहेका नेपालीलाई सहज र सस्तो रेमिट्यान्स सेवा उपलब्ध गराउन समृद्ध छ। अब तपाईंले मलेसियामा रहनु भएको आफ्नो आफन्तहरू / साथीहरूबाट पैसा प्राप्त गर्न खोज्दै हुनु हुन्छ भने,ईसेवा मनी ट्रान्सफरको मार्फत पठाउन सल्लाह दिनुहोस् साथै नेपाल पैसा पठाउँदै हुनु हुन्छ भने आफन्तलाई इसेवामा दर्ता हुन अनुरोध गर्नुहोला। 

यस सेवा सुचारु भएको अवसरमा भ्याल्यु ग्राहकले २२ मे देखि ३० जुनसम्म नेपालको इसेवामा पैसा पठाउनको लागी निःशूल्क (RM0) रहने छ । यसका साथै ग्राहकले नगदि कारोबारको लागी RM12 र बैंक खातामा पैसा पठाउनको लागी RM10 शूल्क लाग्ने छ ।

 

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.