गाउँ गाउँमा छायो इसेवा

eSewa available in remote locations

नेपालकै पहिलो मोबाईल खाता इसेवाको सेवा गाउँघर तिर पनि प्रभावकारी बन्दै गएको छ। छिटो, छरितो र सरल ढङ्गले प्रयोग गर्न मिल्ने भएको कारणले यो सेवा प्रभावकारी बन्दै आएको हो।

गाउँघर तिर मोबाईल रिचार्ज गर्न टाढासम्म हिड्ँनु पर्ने हुन्थ्यो । अझ पसलेले थप अतिरिक्त शुल्क लिने झन्झटले सताउँथ्यो। खानेपानी र बिजुलीको बिल तिर्न घण्टौ हिड्ँनु पर्ने र आफ्नो पालो न आए सम्म चर्को घाममा लामो लाइन बस्नु पर्ने, कहिले काँहि त एउटा बिल तिर्न पुरै दिन लाग्थ्यो । यसै गरि टिभी भुक्तानी गर्नको लागि गाउँलेहरुले कठिनाइ भोग्नु परेको थियो। बस टिकट काट्न लामो लाईन बसेर पनि कति चोटि फर्केर फेरि भोलि आएर टिकट काटेको पनि देखेका छौँ होला, विशेष गरेर दशैँ तिहारको बेला।

यि सबै समस्यालाई मध्य नजर गर्दै इसेवाले आफ्नो सेवा ग्रामिण भेगमा सुरु गरेको हो।  इसेवा गाउँघरमा अहिले निक्कै लोकप्रिय बन्दै गएको छ। सबै भुक्तानी इसेवाबाटै गर्न मिल्ने भएको कारणले गर्दा गाउँलेहरुको जीवनशैलीमा परिवर्तन आएको छ।

गाउँलेहरुले विशेषगरी इसेवा मोबाइल रिचार्ज, टेलिफोन बिल, टिभी रिचार्ज, बस र हवाई जहाज टिकटको लागि प्रयोग गर्ने गरेका छन् ।  त्यस मध्य पनि सबैभन्दा बढीले मोबाइल रिचार्ज गर्ने गरेका छन् ।

ग्रामीण भेगमा अझै सेवा पुर्याउने उद्देश्यका साथ इसेवाले “युके एड सक्षम – एक्सेस टु फाइनान्स” सँग सम्झौता गरेको छ।  यस साझेदारीको मुख्य उद्देश्य भनेको डिजिटल माध्यमबाट ग्रामीण भेगका बासिन्दाहरुलाई वित्तीय सेवामा पहुँच प्रदान गर्नु हो।  त्यसको लागि इसेवाले आफ्नो क्यास पोइन्ट स्थापना गर्दै ग्रामीण भेगमा थोरै सेवा पाइरहेका वा सेवा नै नपाएका उपभोक्तालाई उत्कृष्ट वित्तीय समाधान प्रदान गर्ने योजना गरेको छ।  इसेवाका २० लाख ग्राहक, ५५ हजार एजेन्ट नेटवर्क, ५४ वटा सदस्य बैंक तथा ३० हजार मर्चेन्ट सञ्जालनमा रहेका छ्न् जसले गर्दा “युके एड सक्षम – एक्सेस टु फाइनान्स” सँग गरेको सम्झौता सफल रहने विश्वास छ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.