खाने मुखलाई जुँगाले छेक्दैन – विष्णु प्रसाद चौलागाई

Story of a Senior Citizen, विष्णु प्रसाद चौलागाई

सधै झैँ इसेवाको केन्द्रिय कार्यालय हात्तीसारमा हामी सबै कर्मचारी आफ्नै काममा लागिपरेका थियौँ । यत्तिकैमा हाम्रो अफिसको रिसेप्सनमा एउटा ७० वर्षिय विष्णु प्रसाद चौलागाई आइपुग्नुभयो । रिसेप्सनमा बसी भन्नु भयो “लौ नानी मलाई इसेवा चलाउन सिकाइदिनु पर्‍यो” । उहाँले आफ्नो मोबाईलमा इसेवा एप हालिसक्नु भएको रहेछ, र रेजिस्टर मात्र नभई KYC पनि भरिसक्नु भएको रहेछ । यो देखेर इसेवाको बारे कसरी थाहा पाउनुभयो अनि KYC भर्नमा चाहिँ कस्ले मद्दत गरिदियो भनेर सोध्दा, चाबहिलकाे काउन्टर पुग्ने दिनहरू सम्झिँदै भन्नुभयो “उमेर ढलिसक्यो, हाम्रो तागत बाबुनानीको जत्ती छैन अब । त्यसैले पनि होला हरेक चोटी बत्तीको पैसा तिर्न चाबहिलको काउन्टर पुग्नु पर्दा यो काम घरमै बसेर सक्काउन पाएको भए कत्ती आनन्द हुनेथियो भनेर सोच्थिएँ । एकदिन बिजुलीकै काउन्टरमा इसेवाका बाबुनानी भेट भयो र उनीहरुले आजभोलि बिल अनलाईन तिर्न मिल्ने बताए ।” इसेवाको अफिसरहरुले उहाँको मोबाईलमा इसेवा डाउनलोड गरी KYC भर्नमा पनि मद्दत गरिदिएका रहेछन् र काराेबार गर्न सिकाइदिएका रहेछन् । यसरी चलाउन सिकिसकेपछी उहाँले टप अप र बत्तीको बिल इसेवाबाटै तिर्न थाल्नु भएको रहेछ, तर बिचमा दुई महिना जती एप नचलाउँदा इसेवा चलाउन बिर्सिनुभएछ । सोही कारण एप चलाउन पूर्ण सिक्नका लागि इसेवाको अफिस खोज्दै आइपुग्नुभएको रहेछ ।

खाने मुखलाई जुँगाले छेक्दैन भने झैँ केहि गर्न चाहे उमेरले रोक्दैन । उमेर ढल्किन्दै गए पनि उहाँको शेयर बजारमा रुची घटेको छैन र अहिले पनि शेर बजारको सम्पूर्ण जानकारी राखि लगानी गर्नुहुँदो रहेछ । पहिले जस्तो DEMAT खाताको कागजात बोकेर हिँडिरहनु नपर्ने र सबै कागजातको डिजिटल कपि कम्पनीले नै राख्ने जानकारीबाट उहाँको टेक्नोलोजीमा रुचिको सुरुवात भएको थियो भने अहिले त उहाँ इसेवा, मोबाईल बैंकिङ्ग सबै प्रयोग गर्नुहुन्छ ।

विष्णु प्रसाद चौलागाई जस्तै जेष्ठ नागरिकहरु नेपाललाई डिजिटल बनाउन आफ्नो साझेदारी देखाउँदै हुनुहुन्छ, अनि तपाईं नि ?

 

हाम्रा सुविधा र अफरहरुको जानकारीका लागि हामीलाई FacebookInstagram and Twitterमा follow गर्न नभुल्नुहोला ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

4 thoughts on “खाने मुखलाई जुँगाले छेक्दैन – विष्णु प्रसाद चौलागाई

  1. यो एपलाई नेपाली संस्करणमा पनि उपलब्ध भयो भने धरै अरुलाई अझ सजिलो हुनेथियो। नेपाली भाषामा इसेवा कहिले चलाउन पाइन्छ। अझ नेपाली मितिमा पनि भए झन राम्रो! यो त्यति कठिन काम पनि होइन। कहिले आउँला? शुभकामना! धन्यवाद!!!

    1. नमस्ते सर,
      सुझावकाे लागि धन्यवाद । हामी इसेवा एपलाई नेपाली भाषामा उपलब्ध गराउन अवश्य प्रायास गर्ने छौँ ।

      1. नेपाल इन्भेस्ट्मेण्ट बेङ्क मा दिपओजिट गर्दा कमिसन दिनुपर्‍यो

Comments are closed.