ई–सेवाको सहयोगमा सिडिएमद्वारा ग्रामिण विद्यालयलाई कम्प्युटर

 

बुटवल, २४ कात्तिक । विकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपालले ई–सेवाको सहयोगमा अर्घाखाँचीको ग्रामिण क्षेत्रमा पर्ने पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीमा रहेको देवी प्रभाव माध्यमिक बिद्यालयलाई पाँच थान कम्प्युटर प्रदान गरेको छ ।

युथ फर वेटर नेपालको व्यबस्थापनमा प्राप्त ती कम्प्युटर उक्त गाउँपालिकाका प्रमुख अच्युत गौतम, ई–सेवा बुटवल शाखाका प्रवन्धक सागर पोखरेलको रोहवरमा सिडिएम नेपालका प्रवन्ध निर्देशक धर्मराज घिमिरेले बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष हरिप्रसाद घिमिरेलाई हस्तान्त्रण गर्नुभएको हो ।

कार्यक्रममा पाणिनी गाउँपालिकाका प्रमुख गौतमले बिद्यालयलाई कम्प्युटर प्रदान गर्ने सिडिएम नेपाल र सहयोग गर्ने ई–सेवालाई धन्यवाद दिंदै प्राविधिक शिक्षाकालागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले गाउँपालिका भित्र रहेका बिद्यालयको शैक्षिक स्तर सुधारकालागि वजेटमा केही सम्बोधन भएपनि प्रयाप्त नभएको बताउँदै बिद्यालयलाई आवश्यक भौतिक पूर्वाधार मात्रै नभएर आवश्यकता अनुसारका कुराहरु क्रमशः परिपूर्ति गर्दै अंगाडी बढ्ने बताउनु भयो ।

त्यस्तै गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले युग अनुसारको प्राबिधिक शिक्षाको अभावमा वेरोजगारी समस्या बढीरहेको बताउँनु भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले सामाजिक उत्तरदायित्व वहन गर्दै डिजिटल लाईब्ररी अभियान अन्तरगत ती कम्प्युटर प्रदान गरेको हो । ई–सेवा पैसा पठाउन, पाउन र तिर्नकालागि एउटा सहज माध्यम हो । ईन्टरनेट भएको वेला वा नहुँदा समेत मोवाईलबाट यो सेवा लिन सकिन्छ ।

क्यासलेस अभियानमा रहेको ई–सेवाले दुरदराजका बालबालिका युग अनुसारको शिक्षाबाट वञ्चित हुनु नपरोस भन्ने हिसावले बिद्यालयको अवस्था हेरेर कम्प्युटर प्रदान गरिएको र बिग्रिदा मर्मत गर्ने दायित्व समेत संस्थाले लिने ई–सेवा बुटवल शाखाका प्रवन्धक सागर पोखरेलले जानकारी गराउनु भयो । उहाँले उक्त बिद्यालयलाई ईन्टरनेट सेवाकालागि पनि योजना बनाएको जानकारी गराउनु भयो ।

कार्यक्रममा सिडिएम नेपालका प्रवन्ध निर्देशक धर्मराज घिमिरेले रुपन्देही र नवलपरासीबाट बिकास तथा प्रकोपको क्षेत्रमा काम सुरु गरेको सिडिएमले अहिले राष्ट्रिय स्तरमा डडेलधुरा, डोटी, अछाम, वैतडीमा कार्यक्रम गरिरहेको र अव अर्घाखाँची लगायतका जिल्लामा समेत सम्झौताको तयारीमा रहेको जानकारी गराउनु भयो । उहाँले संस्थाले १० थान कम्प्युटर प्रदान गर्ने भएपनि तत्काल ५ थान हस्तान्त्रण गरिएको र बाँकी पाँचथान केही समयमा हस्तान्त्रण गरिने समेत जानकारी गरायनु भएको थियो ।

सिडिएमका महासचिव तथा त्यस बिद्यालयका पूर्व बिद्यार्थी बिनोद घिमिरेले बिद्यालयको अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै सबै पूर्व बिद्यार्थीहरु एकजुट हुने हो भने युग अनुसारको प्राबिधिक शिक्षा सञ्चालन गर्न कुनै समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका प्रतिनीधि स्रोत व्यक्ति ठाकुर गौमतले समाजमा बस्ने व्यक्तिहरुको ईच्छा शक्ति भए बिद्यालयलाई नमुना बनाउन कुनै ठूलो कुरा नभएको बताउनु भएको थियो ।

बिद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा अर्घाखाँचीका जिल्ला न्यायधिश रामचन्द्र पोखरेल, पटौटी–रुपन्देही सम्पर्क समाजका अध्यक्ष यादव घिमिरे, बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी श्यामनाथ कश्यप, शिक्षक अभिभावक संघका अध्यक्ष लिलामणी घिमिरे, जुनियर रेडक्रस सर्कलका अध्यक्ष बिद्यार्थी विशाल भट्टराई लगायतले बिद्यालयमा आएका कम्प्युटरको व्यबस्थापन तथा संरक्षणमा जोड दिएका थिए ।

Source: http://www.lumbinionline.com/gramin-schoollai-computer/​

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.