इसेवाले वितरण गर्यो बालबालिकालाई शैक्षिक सामग्री

 

Contents

 नेपालकै पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न स्कुलका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । 

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई अध्ययनका लागि सहज होस् भन्ने उदेश्यले इसेवाले शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो । इसेवाले इसेवामार्फत् विद्यालयको शुल्क भुक्तानी गर्दा प्राप्त हुृने नाफाको एक तिहाइ रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ । यहि अभियान अन्तरगत बिहीबार इसेवाले विभिन्न ४ वटा स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।


इसेवाले नन्दी उच्च माध्यमिक स्कुल नक्साल, शान्ति शिक्षा निकेतन, कन्या मन्दिर स्कुल क्षेत्रपार्टी र कन्केश्वरी स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।


इसेवाले विद्यार्थीहरूलाई स्कुल ब्याग, क्यालकुलेटर, पं्रयोगात्मक कापी, पेन, पेनसिल, कल जस्ता विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो । 
इसेवाले हाल नेपालका दर्जनौ स्कुलको शैक्षिक शुल्क मोबाईल तथा इन्टरनेटबाट तिर्न सकिने सेवा दिन्ँदै आएको छ । 

Published on: Thursday, 20 Jul, 2017 7:07 PM
Read more at 
http://www.newssewa.com/content/esewa-12.html

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.