इसेवालाई राष्ट्रबैंकको लाइसेन्स, अब डोमेस्टिक रेमिट्यान्स सेवा पनि दिने

 

Contents

काठमाडौँ । इसेवा फोन पे प्रालिले नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे सेवा प्रदायकको लाईसेन्स पाएको छ। नेपालकै पहिलो पेमेन्ट गेट वे कम्पनीको रुपमा स्थापित इसेवालाई मंगलबार केन्द्रिय बैंकले अनुमति पत्र पदान गरेको हो।

अब इसेवाले डिजिटल वालेटलाई अझ व्यवस्थित र विस्तारित बनाउनेछ। जस अन्तर्गत कम्पनीले ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी भुक्तानी गरिदिने एवं स्वदेशमा मनि ट्रान्स्फरको काम गर्ने कम्पनीले जनाएको छ। साथीभाइबीच सर-सापट लेनदेनमा समेत इसेवाबाट रकम आदान प्रदान सहज हुनेछ।

‘हामी अब अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तिब्र विस्तार गर्छौ, क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौ’ इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले भने।

विगत सात वर्ष अघि सञ्चालनमा आएको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ। मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढि जोन पोइन्ट रहेका छन्। राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै अब मुलुक भित्र रेमिट्यान्स् सेवा समेत सुरु गर्ने कम्पनीको भनाइ छ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने इन्टरनेट मार्फत् इसेवा चलाउनेको संख्या ८ लाख रहेको कम्पनीले जनाएको छ। जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको जनाइएको छ।

इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स्, बस टिकट, मुभी टिकट खरिद जस्ता १०० भन्दा बढि सुविधा लिन सकिन्छ ।

प्रकाशित मिति: Jun 20, 2017 7:52 PM
Read more at: http://bizmandu.com/content/-26730.html

Image: Himalayan Times

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.