इसेवाबाट देशभरी रेमिट्यान्स रकम पठाउनुहोस् !

रेमिट्यान्स 1

समय सँगै नेपालमा पनि प्रविधीको प्रयोगको वृद्धी भइरहेको छ । एक दशक अघि पुरा दिन छुट्टाएर गर्नुपर्ने कामहरू जस्तै बिजुली तथा अन्य दैनिक उपभोग्य सेवाको बिल भुक्तानी आज केही मिनेटमै पुरा गर्न सकिन्छ । यसरी नै एक ठाउँबाट अर्काे ठाउँ पैसा पठाउन पनि अब न त आफु पुग्नुपर्ने झन्झट, न त अरू चिनेको मान्छे को जाँदै छ भनि खोज्नुपर्ने चिन्ता । eSewa Money Transfer मार्फत अब आफ्नो मोबाइलबाटै घर वा आफन्तलाई सजिलै रेमिट्यान्स पठाउन मिल्ने सुविधा आइसकेको छ। इसेवा प्रयोग गरी मोबाइलबाटै देशभरका कुनै पनि  ठाउँहरूमा रेमिट्यान्स रकम पठाउनुहोस् र इसेवा रेमिटको ८०००+ एजेन्टबाट रकम परिवारको हातमा पुर्‍याउनुहोस् ।

साथै इसेवा रेमिटबाट रकम पठाउँदा सिमित अवधिका लागि रू ५० सम्म क्यासब्याक पनि पाउनुहोस्  ।

इसेवाबाट रेमिट्यान्स रकम कसरी पठाउने?

  1. “Remittance” मा थिच्नुहोस् ।
  2. “eSewa Remit”  मा थिच्नुहोस् ।
  3. “Send Money” मा थिच्नुहोस् ।
  4. पैसा पठाउन चाहनुभएको जिल्ला र रकम दाखिला गर्नुहोस्।
  5. आफ्नो सम्पुर्ण विवरण जस्तै नाम, ठेगाना, आम्दानीको स्राेत भरी “Continue” मा थिच्नुहोस् ।
  6. रकम प्राप्त गर्नुहुने व्यक्तीको नाम, माेबाइल नम्बर, ठेगाना, रकम पठाउनुको कारण र अन्य विवरण भरी “Continue” मा थिच्नुहोस् ।
  7. “Confirm” मा थिचि आफ्नो MPIN/ Fingerprint राखि रकम पठाउने प्राक्रिया पुरा गर्नुहोस् ।

यति गरिसकेपछि १० अंकको कोड (MTCN) eSewa Statement मा प्राप्त गर्नु हुनेछ । सोही कोड र नगरिकता लिइ रकम पाउने व्यक्तिले एजेन्ट भएको ठाउँमा गइ रकम प्राप्त गर्न सक्नु हुनेछ ।

हाम्राे ग्राहक सेवा प्रतिनिधिले रकम प्राप्त गर्नुहुने व्याक्तिलाई तपाईंले दाखिला गर्नुभएको माेबाइल नम्बरमा सम्पर्क गरी नजिकको एजेन्ट कहाँ गइ रकम निकाल्न मद्दत गर्नुहुनेछ ।

क्यासब्याक योजना यस प्रकार छन्‌ :

१००-१०,००० मा रु. ३०
१०,००१-२५,००० मा रु. ४०
२५,००१-१,००,००० मा रु. ५०


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई FacebookInstagramTwitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

39 thoughts on “इसेवाबाट देशभरी रेमिट्यान्स रकम पठाउनुहोस् !

  1. अहिले lockdown को बेला यो रेमिट बाट पैसा पठाउँदा निकाल्न कति सजिलो छ अनि स्याङ्जा जिल्लामा कुन कुन ठाउँमा तपाईं हरुको रेमिट एजेन्ट छन् कृपया जानकारी दिनु होला

    1. नमस्कार सर,
      इसेवाबाट रेमिट पठाइ एजेन्टको मा लिनका लागि उपलब्ध एजेन्टको विवरण इसेवाको Settings मा गइ eSewa Remit Agents भन्नेमा क्लिक गरी विवरण हेर्न सक्नु हुनेछ । केहि समस्या भएमा १६६०-०१-३७७७७ मा फोन गरी बुझ्न सक्नु हुनेछ ।

  2. इसेवा सञ्चालक तथा एड्मिन ज्यू, नमस्ते । आज मैले राष्ट्रिय बाणिज्य बैंकमा रहेको मेरो खाताबाट इसेवामा रकम अपलोड गर्ने क्रममा पहिलो पटक रु.५०० र दोस्रो पटक रु. १,००० गरेँ । बैंक खाताबाट दुवै रकम भुक्तानी भयो । अर्थात मेरो बैंक खाताबाट दुवै पटक ५०० र १,००० घट्यो । तर, यता ईसेवा एकाउन्टमा पहिलो पटक जम्मा गर्न चाहेको रकम रु. ५०० ईसेवा एकाउन्टमा जम्मा हुन सकेन । अब यो अलमलमा परेको रकम (रु. ५००) मैले कसरी अर्थात कहाँबाट रिकोभर गर्न सक्छु होला ? ईसेवा मार्फत वा मैले बैंक मार्फत ?? कृपया ईसेवा प्रतिनिधि तथा जो कसै बिज्ञहरूले बताइदिनु भए आभारी हुनेथिएँ ।

    1. नमस्कार सर,
      कृपया तपाईंको इसेवा ID हामीलाई जानकारी गराइदिनु हुन अनुरोध छ । हामीलाई फेसबूक वा Viber (+९७७१२३४५१२३४५) मा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

  3. ई सेवाले ल्याएको नयाँ प्रविधी एकदमै उपयोगी लाग्यो तर सिटी एकप्रेस् बैंकमा मात्र रेमिट्यान्स गर्न पाउने भन्ने कुराले अलि दुविधा लाग्यो यदि सबैै शाखाहरुमा रेमिट गर्न पाउनु भने एकदमै राम्रो हुने थियो।

Comments are closed.