इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !

साना किराना पसल देखि केबुलकारकाे टिकट, अनलाइन शपिङ, बीमा शुल्क भुक्तानी गर्दै सबै प्रकारका सेवाहरूमा अनलाइन भुक्तानी  सेवाको सुरुवात भइसकेको छ । केहि समय अघि मात्र इसेवामा आन्तरिक राजस्व कार्यालयकाे अनलाइन भुक्तानी सेवा सुरु भएको थियो । अब भने ट्राफिककाे भुक्तानी पनि इसेवाबाटै गर्न मिल्ने सुविधा आइसकेको छ ।

एक पटक चिट काट्दा एक दिन पुरै छुटाउनु पर्ने, ट्राफिक प्रहरी कार्यालय गइ शुल्क बुझ्नु पर्ने, फेरी बैंक गइ जरीवाना रकम बुझाइ पुनः आफ्नाे लाइसेन्स फिर्ता लिन ट्राफिक प्रहरी कार्यालय फर्कनुपर्ने लामाे झन्झटबाट अब सधैंका लागि छुट्कारा पाउनुहाेस् । अबबाट ट्राफिक जरिवाना इसेवाबाटै तिरी मात्र लाइसेन्स फिर्ता लिन ट्राफिक कार्यालय जानुहाेस् ।

इसेवाबाट ट्राफिक नियम मिचेकाे जरिवाना कसरी बुझाउने?

1. इसेवा एप खाेली ट्राफिककाे लाेगाेमा थिच्नुहाेस् ।

 

2. आर्थिक वर्ष, प्रदेश, जिल्लाआफ्नो चिट नम्बर भरी “Proceed” मा थिच्नुहाेस्।

 

3. देखाइएकाे विवरण सबै ठिक छ भनी यकिन गरी “Proceed” मा थिच्नुहाेस्।

 

4. पुनः एक पटक विवरण यकिन गरी “Confirm” मा थिच्नुहाेस् र MPIN/Fingerprint दाखिला गरी भुक्तानी प्रक्रिया पुरा गर्नुहाेस् । 

 


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

46 thoughts on “इसेवाबाट ट्राफिक जरिवाना अनलाइन तिर्नुहाेस् !

  1. मोटरसाइकल नविकरण कर पनि इसेवा मार्फत नै तिर्ने व्यबस्था मिलाउनु पर्यो धन्यवाद !

    1. नमस्कार सर,
      सुझावका लागि धेरै धेरै धन्यवाद । सो सुविधा पनि मिले सम्म छिट्टै उपलब्ध हुनेछ ।

  2. दुई दिन भैसक्यो एर्पोटमा चिट काटेको तर ईसेवामा देखाएन ! ईसेवामा देखिनको लागि चिट बग्गीखाना नै पुग्नुुुुु पर्ने हो र?

    1. नमस्कार,
      ट्राफिक कार्यालयबाट चिट अप्डेट गर्नु पर्ने भएको हुँदा चिट पाउनु भएको २४-४८ घण्टा पछि इसेवाबाट भुक्तानी गर्न सक्नु हुनेछ । तोकिएको समयमा पनि उपलब्ध नभएको हो भने नजिकको कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौँ ।

    1. Hello Sir,
      The service is currently not available on iOS. However, it is available on Android and web login. The service will be available on iOS soon.
      Thank you.

  3. Digital Nepal & Digital Generation Going One Step Up. But Now a day , in this Action some Discounts are necessary provide for Students 😩 •

    1. Hello Sir,
      The service is available for Kathmandu Valley only for now. It shall be available for all places as soon as possible.
      Thank you.

  4. नमस्ते, ई सेवा बाट हवाईटिकट काट्न धेरै सजिलो छ र उपयोगी पनि छ। तर हिमाली भेगको हवाई टिकट चाही छैन। यता हुम्ला को सिमीकोट वा मुस्ताङको जोमसोमको Option आउँछ, तर त्यसमा टिकट उपलब्ध हुँदैन। ई-सेवामा यो पहाडी तथा हिमाली भेगको हवाई टिकट पनि थपे निकै राम्रो हुन्थ्यो ५००-६०० बढि लागे पनि। हुम्ला को सिमीकोट, बाजुराको कोल्टि, जुम्ला, लुक्ला तथा जोमसोम जस्ता ठाउँमा नियमित उडान हुन्छ। यो सेवा थप्न अनुरोध गर्दछु। धन्यवाद

Comments are closed.