इसेवाबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम बुझाउन सकिने !

वैदेशिक रोजगार कल्याणकारी कोष

नेपालबाट हरेक दिन लगभग १५०० मानिस विदेशमा रोजगार अवसरका लागि जाने गर्दछन् । यसरी वैदेशिक रोजगारका लागि बाहिरी देश जान श्रम विभागबाट श्रम स्विकृती लिनु आवश्यक छ । श्रम स्विकृती लिनका लागि श्रमका लागि जान खोज्नुभएको व्यक्तिको मेडिकल जाँच, बीमा, साथै कल्याणकारी कोषमा रकम बुझाउनु पर्नेहुन्छ । यसरी कल्याणकारी कोषमा जम्मा गरिएको रकम वैदेशिक रोजगारका लागि गएका नेपालीहरुको हितका लागि प्रयोग गरिन्छ । विदेशी रोजगारमा संलग्न नेपाली कर्मचारीलाई असामयिक निधनका कारण नेपाल फर्काउन, हाल भई रहेको कोरोना महामारी  जस्ता कारणले अन्योलामा परेका नेपालीलाई घर फर्काउन जस्ता कार्यका लागि यो कोषको प्रयोग गरिन्छ ।

Contents

व्यक्तिगत वा म्यानपावरबाट कल्याणकारी कोषमा रकम बुझाउने

वैदेशिक रोजगारका लागि नियुक्ती दिन विभिन्न प्रक्रिया अपनाउन सकिन्छ: व्यक्तिगत वा इजाजत प्राप्त संस्थाद्वारा (म्यानपावर कम्पनी) । यदी आफैले आफ्नो साथीभाईको मद्दतबाट रोजगार अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा हुनुहुन्छ भने तपाईंले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सक्नुहुन्छ । पहिले रोजगार अवसरका लागि विदेशको कम्पनीमा गई सक्नुभएको र पुन: सोही ठाउँमा जान VISA Renew गर्न खोज्दै हुनुहुन्छ भने नविकरणका लागि अनलाईन फारम भर्नसक्नुहुन्छ र इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सक्नुहुन्छ । पहिले पढ्न / घुम्न विदेश गई त्यहीँ काम गरिरहनु भएको थियो र अब पुन: कानूनी प्रक्रिया पुरा गरी जाने क्रममा हुनुहुन्छ भने पनि तपाईंले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सक्नुहुन्छ । यस्तै, यदी तपाईं म्यानपावर कम्पनीसँग संलग्न हुनुहुन्छ जसले नेपाल सरकारसँग इजाजत प्राप्त गरी नेपाली नागरीकलाई वैदेशिक रोजगारमा पठाउनुहुन्छ र कम्पनीबाट रोजगार अवसरका लागि पठाउन लागेको नेपालीहरुको एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन चाहनुहुन्छ भने इजाजत प्राप्त गरेको समयमा पाउनुभएको लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सक्नुहुन्छ । 

तपाईं यदी ३ वर्ष भन्दा थोरै समयका लागि रोजगारमा जाँदै हुनुहुन्छ भने रु १५०० र यदी ३ वर्ष देखी १० वर्ष सम्मको समयका लागि रोजगारमा जाँदै हुनुहुन्छ भने रु २५०० कल्याणकारी कोषमा बुझाउनुपर्ने हुनेछ । 

वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क बुझाउन निम्न लिखित प्रक्रिया पुरा गर्नुहोस् :

१. इसेवा खातामा लग इन गर्नुहोस् ।

२. सर्च बारमा “Foreign Employment Welfare Fund” लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

३. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने “Individual” र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने “Man Power” छनोट गर्नुहोस् ।

४. व्यक्तिगत शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर र म्यान पावरबाट शुल्क बुझाउँदै हुनुहुन्छ भने पासपोर्ट नम्बर साथै लट नम्बर दाखिला गरी “Check” मा थिच्नुहोस् ।

५. देखाइएको विवरण सबै ठिक छ भनी प्रमाणित गरी शुल्क तिर्नुहोस् ।

यसरी वैदेशिक रोजगार कल्याण कोषमा बुझाएको रकमको टिपोट राख्न चाहनुहुन्छ भने माथिल्लो दायाँ कुनामा देखिने PDF को आइकनमा थिची भुक्तानी विवरण डाउनलोड गर्नुहोस् ।


के तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनैपनि अपडेटहरु नछुटाउन हामीलाई Facebook, Instagram, Twitter, र Viber Community मा follow गर्नुहोस्।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

2 thoughts on “इसेवाबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम बुझाउन सकिने !

  1. नमस्ते सर,

    मैले मेरो नि अवधि सकी सकियो। हाल अहिले विदेशमा नै छु। यो दुखत घडी कोरोना को समयमा नेपाल आउन उपलब्ध समय पाएको छैन। ठीक छ म खुसी छु के गर्नु दुःख सुख अनेक जेल्दै अहिले नि विदेशमा छौ। मेरो भनाई मेरो पासपोर्ट जब इन्ट्री गरे पर्सनल मेरै लागि किनकि म विगत धेरै साल देखि विदेशमा नै छु। नविकरण गर्नको लागि जब मेरो पासपोर्ट टाइप गरेर लगिन गर्दा केही देखाउँदैन माथिको भागमा invalid देखाउँछ। किन के कारण हो बुझ्न सकिन। कृपया बताई दिनु भए निकै आभारी हुने थिए। मेरो ईसेवाको खाता सु चारु छ।

    1. नमस्कार,
      कृपया थप जानकारी र समस्या समाधान गर्नका लागि हामीसंग फेसबूक वा Viber +९७७१२३४५१२३४५ मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Comments are closed.