Pokhara Academy of Health Science अर्थात PAHS ले खुलाएको MD/MSको आवेदन फारम भर्ने प्रक्रिया

Online form of Pokhara Academy of Health Science (PAHS) for MD/MS examination form

अहिले Pokhara Academy of Health Science संस्था अन्तर्गत MD/MS पाठ्यक्रमको सुरुवात भएको छ । यदी तपाईं आवेदन फारम भर्दै हुनुहुन्छ भने, रेजिस्ट्रेसनको लागि तल दिइएको प्रक्रिया अपनाउनुहोस्:

१) सर्वप्रथम PAHS को वेबसाईट http://online.pahs.gov.np/ खोल्नुहोस् ।

२) REGISTER NOW लेखिएको फारममा आफ्नो नाम, थर, बुवाको नाम, आमाको नाम, साथै देश, लिङ्ग, जन्म मिति, वैवाहिक स्थिति, फोन नम्बर, ईमेल, पासवर्डका साथै सम्पूर्ण विवरण भर्नुहोस् ।

३) Terms and conditions राम्ररी पढेर check box मा टिक गर्नुहोस् र Register मा क्लिक गर्नुहोस् ।

४) आफ्नो मोबाईल नम्बरको मेसेजमा आएको OTP code राखी अकाउन्ट activate गर्नुहोस् ।

अब, अकाउन्ट activate भइसकेपछी login मा थिच्नुहोस् र ईमेल आइ डि र पासवर्ड राखी log-in गर्नुहोस र निम्न लिखित निर्देशन अपनाउनुहोस्:

१ ) सर्वप्रथम, आफ्नो 5 MB भन्दा थोरै size को फोटो अप्लोड गर्नुहोस् ।

२ ) आफ्नो व्यक्तिगत विवरणका साथै धर्म, वर्ग, बुवाको व्यवसाय, व्यवसायिक क्षेत्र, आमाको व्यवसाय, र व्यवसायिक क्षेत्र भर्नुहोस् र अघि बढ्नुहोस् ।

३ ) अब आफ्नो ठेगानाको विवरण भर्नुहोस् :

–  नागरिकतामा स्थायी ठेगाना अञ्चलको आधारमा छ भने “पुरानो नागरिकता प्राप्त आवेदक” फारम भर्नुहोस्,

– नागरिकतामा स्थायी ठेगाना प्रदेशको आधारमा लेखिएको छ भने “नयाँ नागरिकता प्राप्त आवेदक” फारम भर्नुहोस् ।

४ ) अब, आफ्नो हालको ठेगाना, टेलिफोन नम्बरमा आफ्नो area code सहितको landline number, आवेदकको मोबाईल नम्बरमा आफ्नो मोबाईल नम्बर, र वैकल्पिक मोबाईल नम्बर भर्नुहोस् ।

५ ) यसपछी आफ्नो अभिभावकको नाम, अभिभावक सँगको सम्बन्ध, अभिभावकको टेलिफोन नम्बर र मोबाईल नम्बर भरी update and proceed मा क्लिक गर्नुहोस् ।

 

यसरी सबै आफ्नो व्यक्तिगत विवरण भरिसकेपछी तपाईंले प्रवेश परीक्षाको फारम भर्न सक्नुहुनेछ । MD/MS पाठ्यक्रमको “Apply” अप्सनमा क्लिक गर्नुहोस् । यसरी क्लिक गरिसकेपछि शैक्षिक कोटा देखाइने छ, आफूमा लागु हुने कोटामा टिक गरी सो कोटाको लागि चाहिने सबै कागजात तयार पार्नुहोस् र चेकबक्समा टिक गरी “Apply” अप्सनमा थिच्नुहोस् । अब तपाईंले आफ्नो पढाई सम्बन्धित विवरण भर्न सक्नुहुन्छ:

१ ) आफ्नो SLC/SEE, +2 Science/ISc. र Bachelor को शैक्षिक स्तर, शैक्षिक संस्थाको नाम, अध्य्यन गरिएको देश, ठेगाना, विश्वविद्यालय, समाप्ती वर्ष, प्राप्त गरेको gradeको प्रकार र प्राप्त गरेको अंक भर्नुहोस्. “Update and Proceed” मा क्लिक गर्नुहोस् ।

२ ) अब नागरिकताको अगाडी र पछाडीको भाग लगायत पढाइ र कार्य अनुभव सम्बन्धित सबै कागजपत्रको फोटो अप्लोड गर्नुहोस् र “Submit and Proceed” मा क्लिक गर्नुहोस् ।

३ ) अब भर्ना शुल्क तिर्नका लागि इसेवामा खाता नभएमा “Generate Token” गरी टोकन नम्बर टिप्नुहोस् र नजिकको इसेवा एजेन्टकोमा गई टोकन नम्बर दिएर भर्ना शुल्क बुझाइ त्यस्को रिसिप्ट लिएर आउनुहोस् ।

४ ) इसेवामा खाता छ भने “Pay with eSewa” थिच्नुहोस् र खुलेको वेबसाईटमा आफ्नो इसेवा ID र पास्वर्ड हाली log-in गर्नुहोस् ।

५ ) Logged-in भैसकेपछी “Continue Payment” गर्नुहोस् र भर्ना शुल्कको विवरण राम्ररी हेरी “Confirm” गर्नुहोस् ।

यसरी शुल्क बुझाएको १ हप्ता भित्र admit card को लागि तपाईंको मोबाईलमा मेसेजका साथै ईमेलमा लिंक आउनेछ । अथवा, आवेदन अस्विकार भएको मेसेज आउनेछ । यसरी अस्विकरको मेसेज आएमा आफ्नो अकाउन्टमा log-in गर्नुहोस्। त्यहाँ, अस्विकार भएको कारण देखाइनेछ, यस्लाई सच्य्याइ फेरी एक पटक फारम बुझाउन सक्नुहुनेछ ।

Admit card आएपछी print गरी हाल्सालको फोटो टाल्नुहोस् र आफ्नो हस्ताक्षरका साथै औँठा छाप लगाइ परीक्षाको लागि तयार हुनुहोस् ।

 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.