India जाने तर्खरमा रहनु भएको रामजंग किन बस्नु भयो त Nepal मै?

राम जङ्ग सिंह, eSewa user

हरेक वर्ष, लाखौँ नेपालीहरु कामको लागि India गइरहेका छन् । कामको लागि India जाने प्राय सबै जस्तोले नेपालमा जागिरको अवसर नभएको बताउने गर्छन् । आज, हामी तपाईंहरुको अगाडी चिनाइरहेका छौँ एक व्यक्तित्व जो लाखौँ नेपालीहरु झैँ कामको लागि India जान तयार भइसकेका थिए, तर, अन्तिम क्षणमा गएर नेपालमै बस्ने निधो गरे र आज नेपालमै व्यवसाय गरी आफ्नो र परिवारको जिवन पालिरहनु भएको छ ।

यि हुन नेपालगन्जका ३७ वर्षिय Ramjung Singh । कुरा हो २०१६ सालको, Ramjung जि cyber station चलाई रहनु भएको थियो, जब महेन्द्र राणा (इसेवाको एक सुपरजोन) ले वहाँलाई इसेवाको बारे बुझाउनुभयो । आफूलाई फाइदा हुन्छ जस्तै लागेर वहाँले इसेवा आफ्नो पसलमा रख्नु भयो, तर, त्यती खेर नेपालगन्जमा अनलाईन पेमेन्ट धेरै प्रख्यात भइसकेको थिएन र इसेवाको सेवा प्रदान गर्ने व्यवसायहरु पनि खासै थिएन । मान्छेहरु मोबाईल रिचार्ज गर्न आउँथे तर व्यवसाय भने राम्रो गइरहेको थिएन । Cyberमा व्यवसाय घट्दै गइरहेको थियो र निराश भएर वहाँले कामको लागि India तिर लाग्ने सोच बनाउन बाध्य भइसकेका थिए ।

सन्जोगवश्, त्यही समयमा नेपालगन्ज तिर बत्तिको बिल इसेवाबाट तिर्न मिल्ने भयो, र मानिसहरुले पनि अनलाईन पेमेन्टलाई बिश्वास गरेर अपनाउन थालिसकेका थिए । बत्तिको बिल तिर्न आउने मान्छेहरु अरु बिल पनि तिर्ने गर्थे र व्यवसाय बढ्दै गयो । आज उनि इसेवा जोन भइसकेका छन् र १२७ जना व्यवसायीहरुलाई इसेवाको एजेन्ट बनाउन सफल भइसकेका छन् ।

इसेवा चलाएर २०,००० रिवार्ड पोइन्ट पुराएर उनले मोबाईल फोन पनि प्राप्त गर्न सफल भइसकेका छन् । अहिले पनि ५०,००० रिवार्ड पोइन्ट बनाउन सफल भइसकेका छन् । कुराकानिकै सिलसिलामा उनि हाँस्दै भन्छन् आज “यो ठाउँलाई मान्छेहरुले इसेवा भनेर चिन्छन्”।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

2 thoughts on “India जाने तर्खरमा रहनु भएको रामजंग किन बस्नु भयो त Nepal मै?

Comments are closed.