दशैं तिहार QR बाट व्यापार हरेक दिन नगद उपहार

हिन्दूहरुको महान् चाड दशैं तिहारको अवसरमा कयौँ नेपालीहरु आ-आफ्नो घर फर्किने गर्दछन् । नयाँ लुगा किन्ने, मिठो परिकार खाने र आफन्तहरु सँग रमाइलो गर्ने दशैंको विशेषता हो । सोही कारण व्यापारीहरुको पनि व्यापार बढेको देखिन्छ ।  

अहिले नेपालमा अनलाईन पेमेन्टको क्षेत्र बढीरहेको छ । ई-कमर्स मात्र नभई खुद्रा पसलहरुले पनि QR राखि अनलाईन पेमेन्ट लिन थालेका छन् । ५० हजार भन्दा बढी खुद्रा पसलहरुले पनि  फोन्पे नेटवर्क मा आवद्ध बैंकहरु मार्फत QR सिस्टम बाट भुक्तानी लिन थालेका छन् । यस्तो QR पेमेन्टको सुरुवातले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याउने अनुमान गरिएको छ । 

यसरी पसलहरुले पनि QR पेमेन्ट लिन थालेको कार्यलाई कदर गर्दै र यसलाई अझै प्रोत्साहन दिनका लागि Fonepayले लिएर आएको छ “दशैं तिहार QR बाट व्यापार हरेक दिन नगद उपहार” अफर ।

फोनपेको यो QR अफरमा भाग लिनका लागि पसलेहरुले आफ्नो ग्राहकहरुलाई Fonepay QR Scan मात्र गराए पुग्नेछ । यसरी QR बाट व्यापार गराउनुहुने व्यापारीहरुले पाउनुहुनेछ हरेक दिन नगद उपहार जित्ने मौका । नगद उपहार यस प्रकार छन्: 

  • हरेक दिन रु १०,००० एक जनालाई 
  • हरेक दिन रु ५,००० दुई जनालाई 
  • हरेक दिन रु १,००० दश जनालाई 

साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ रु १,००,००० को नगद उपहार । बम्पर उपहारको घोषणा कार्तिक १७ गते गरिनेछ । 

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.

One thought on “दशैं तिहार QR बाट व्यापार हरेक दिन नगद उपहार

Comments are closed.