दशैँको टिकट लाईन हैन अनलाईनमा, आधा दिनमै ३२ सय टिकट बुकिङ्ग

घुमिफिरी दशैंको माहोल विस्तारै बढ्दैछ । त्यससँगै काठमाडौंमा भएकाहरु दशैंकाे टिका थाप्न आफ्नो जन्मघर फिर्तिको योजनाछन् । दशैंलाई लक्षित गर्दै उपत्यका बाहिर जानेहरुका लागि सरकारको समन्वयमा यातायात व्यवसायीले आजबाट बसको अग्रीम टिकट बुकिङ पनि सुरु गरेका छन् ।

बसको अग्रीम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्क, पुरानाे बसपार्क, सुन्धारा, गाैशाला लगायतका क्षेत्रमा भएका टिकट काउण्टरमा बिहानै देखि भिड लागेकाे छ । याे हरेक वर्ष दशैंमा दाेहाेरिरहने उही पुरानै दृश्य नै हाे ।  तर, त्यसबीचमा सूचना प्रविधकाे विकासले त्याे पुरानाे दृश्यमा फेर्ने सङ्केत पनि देखाइरहेकाे छ ।

टिकट काउण्टरमा भीड नलागेरै अनि दलालकाे चङ्गुलमा नपरिकनै टिकट बुकिङ सुविधा बस सेवाले दिइरहेकाे छ । आइतबार दिउँसाे याे समाचार तयार पार्दासम्म बससेवाबाट अनलाइन टिकेट लिनेकाे संख्या ३२ सय भइसकेको छ ।

याेसेवा यस अघिका वर्षहरुमै अस्तित्वमा आइसकेकाे भए पनि टिकट संख्या भने एकदमै न्यून थियाे । तर, यसपटक भने अनलाइनबाटै दैनिक ६ हजार टिकट बुकिङ गर्न सकिने भएकाे छ । यद्यपी दशैंको समयमा दैनिकजसाे दशाैँ हजारकाे संख्यामा बाहिरिनेकाे तुलनामा ६ हजार निकै नै कम हो । त्यसका बाबजुद पनि यसले केही हदसम्म यात्रुलाई सहजता प्रदान गर्ने बस सेवाका संस्थापक पर्शुराम खनाल बताउँछन् ।

आजभन्दा पाँच वर्षअघिदेखि नै बससेवाले अनलाईन बस टिकेटिङको सुविधा प्रदान गर्दै आइरहेकाे छ । सुरुका दुई वर्ष बससेवाले बस व्यवसायीको अगाडि हात जोड्नमै बिताउनुपर्‍याे । ‘अनलाईनमार्फत नै तपाइ‍को बसको टिकट काट्ने सिस्टम हामी मिलाउँछौ भन्दै जाँदा कतिपय व्यवसायी त मान्छे तपाईंको अनलाईनमै आउँदैनन् भनेर पछि हट्थे,’ खनाल आफ्नो अनुभव सुनाउँछन् ‘तै पनि सुरुका दिनमा थाेरै संख्यामा भएपनि व्यवसायीहरु हामीसँग जोडिए ।’

बससेवासँग दैनिक ६ हजार सिट छन् । त्यसमध्ये आजै मात्रै ३२ सय टिकट अनलाइनबाटै काटिएको छ ।’ बस सेवाले ईसेवा, आईएमईपे लगायतका मोबाइल वालेटमार्फात पैसा तिर्न सकिने गरी टिकट बुकिङको सुविधा प्रदान गर्दै आएको छ । त्यतिमात्रै हैन बस सेवामा दर्जनौंको संख्यामा बैंक पनि जोडिएका छन ।

विस्तारै सेवा बढ्दै गयो । यात्रु अनलाईनमार्फत नै टिकट बुकिङ गर्न थाले । अनि व्यवसायीमा पनि विश्वास पलाउँदै गयो ।’ अहिले बार्षिक रुपमा अनलाईनमार्फत टिकट काट्ने यात्रुकाे संख्या दुई सय प्रतिशतका दरले बढिरहेकाे उनी सुनाउँछन । खनालका अनुसार बससेवामा साझा यातायात, धौलागिरि यातायात, शुभ जगदम्बा ट्राभल्स, स्वयम्भु मन्जुश्री, पोखरा जगदम्बा, मनकामना दर्शन, माउण्ट मकालु यातायात लगायतका एक सय २० वटा बस कम्पनी आबद्ध छन् । जसमा ६ हजारको संख्यामा दैनिक टिकट काट्न सकिन्छ । त्यसमध्ये सामान्य दिनमा पनि १२ सयको हाराहारीमा टिकट अनलाईनमार्फत काटिन्छ ।

दशैंको समयमा यो संख्या ठूलो मात्राले बढ्ने अपेक्षा गरिएको छ । ‘हामीसँग ६ हजार सिट छन’ खनाल भन्छन, ‘त्यसमध्ये आजै मात्रै ३२ सय टिकट अनलाइनबाटै काटिएको छ ।’ बस सेवाले ईसेवा, आईएमईपे लगायतका मोबाइल वालेटमार्फात पैसा तिर्न सकिने गरी टिकट बुकिङको सुविधा प्रदान गर्दै आएको छ । त्यतिमात्रै हैन बस सेवामा दर्जनौंको संख्यामा बैंक पनि जोडिएका छन् ।

Reference:

https://techpana.com/?p=2330

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.