बिजुलीको महशुल भुक्तानी अन्लाईनबाट गर्दा ध्यान दिनुपर्ने कुराहरु

बिजुलीको बिल भुक्तानी इसेवा बाट

इसेवा एक मोबाईल खाता हो जसको प्रयोग गरी ग्राहकहरुले बत्ति, टेलिफोन, ईन्टरनेट, खानेपानी, बस/हवाई टिकटका साथै विभिन्न सुविधाहरुको अनलाईन पेमेन्ट गर्न सक्नुहुन्छ । इसेवाको प्रयोग गरी थुप्रै ग्राहकहरुले आफ्नो समयको साथै पैसाको पनि बचत गर्न सफल हुनुभएको छ । यसरी इसेवा प्रयोग गर्ने क्रममा, ग्राहकहरुका लागि सबै भन्दा फाइदाजनक ठहरिएको एउटा सुविधा हो बिजुलीको महशुल भुक्तानी । हरेक महिना ६००००० भन्दा बढी ग्राहकले इसेवाबाट बिजुलीको बिल भुक्तानी गर्ने गर्दछन् ।

ग्राहकहरुले बिजुलीको महशुल नेपाली समय बिहानको १० बजे देखि बेलुकी १२ बजे सम्ममा गर्नसक्नुहुन्छ यसरी बिल भुक्तानी गर्ने क्रममा कहिलेकाहिँ ग्राहकहरुलाई केहि समस्या आइपर्न सक्छ, जस्तै:

  • Meter Reader आएको दिन कोही ग्राहकहरुले बिल भुक्तानी गर्न खोज्नु हुँदा इसेवामा बिलको रकम नदेखिन सक्छ । कहिले काही तपाईंको बिलको रकम अप्लोड हुनको लागि १/२ दिन लाग्न सक्छ तर त्यही दिन भुक्तानी गर्न चाहनुहुन्छ भने Advance Payment बाट सहजै भुक्तानी गर्न सक्नुहुन्छ ।

  • यस्तै कहिलेकाँही ग्राहकहरुको बिलको विवरण पनि नदेखिएको खण्डमा, ग्राहकले १/२ दिन पछि भुक्तानी गर्न अनुरोध गर्द छौँ ।
  • यदी कोही ग्राहकले ३ महिना भन्दा बढीको बिल भुक्तानी गर्नुभएको छैन भने, “Has Old Dues” भनेर सुचना देखाइने छ । यस्तो अवस्थामा नेपाल विद्युत प्राधिकरण्को नियमावली अनुसार ग्राहकहरुले १ पटकको लागि काउन्टर गई भुक्तानी गर्नुपर्ने हुन्छ ।
  • यसरी नै कहिलेकाहिँ प्राविधिक समस्याको कारणले गर्दा महसुल भुक्तानी गर्न खोज्दा Payment Error भनेर देखिन सक्छ । यस्तो समस्या आइपरेमा नआत्ती इसेवाको टोल-फ्री नम्बर १६६०-०१-०२१२१ मा सम्पर्क गर्नुहोस् अथवा इसेवाको Facebook र Viber +९७७ ९८६८८४२१२१ मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ।
  • ग्राहकहरुले अघिल्लो महिनाको बिल भुक्तानी गरिसक्दा पनि बिलमा २ महिनाको रकम देखिएको हुन सक्छ । यस्तो समस्या आइपरेमा हजुरले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामी हजुरको समस्याको समाधान गर्नेछौँ ।

यस्तै हजुरलाई थप अरु केहि जानकारी चाहिएमा हामीलाई जुन बेला पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

Don’t have an eSewa app on your smartphone? Download it today: bit.ly/eSewa_App

We update the ongoing offers on our social media platforms. Stay Tuned to our Facebook, Instagram, Twitter, and Viber Community for further updates.